पनौतीमा १२ वर्षमा लाग्ने मकर स्नान आजबाट सुरु

पनौतीमा १२ वर्षमा लाग्ने मकर स्नान आजबाट सुरु

पनौती : काभ्रेको पनौतीमा हरेक १२ वर्षमा लाग्ने मकर स्नान आज माघ १ गतेबाट सुरुभएको छ। माघ महिना भर लाग्ने मकर यो वर्ष अलि फरक तरिकाले मनाउने भएको छ। देशमा फैलिरहेको कोरोनाको कारण मकर मेला नहुने स्नान मात्र हुने भएको छ। 

जिल्ला प्रशासान कार्यालय र पनौती नगरपालिकाले सूचना जारी गर्दै मकर मेला नहुने स्वास्थ्यको मापदण्ड पालन गरेर स्नान मात्र हुने सूचना जारी गरिएको थियो। यो वर्ष मकर मेला नहुने भएको छ। नगरपालिकाले सबैखाले संरचनाहरु निर्माणसँगै स्नानको लागि व्यवस्थापन गरिएको छ। आज माघ १ गतेदेखि यो महिना भर स्वास्थ्यको नियमहरु पालना गरेर मकर स्नान हुने भएको छ। 

यो वर्षको मकर मेला पहिलाको जस्तो नहुने पनौती नगरपालिका प्रमुख मेयर भिम न्यौपानेले जानकारी दिए। समाजमा कोरोनको त्रास यथावत रहेको र दिन दिनै कोरोनाका बिरामीहरु बढिहरेका कारण यो वर्षको मकर मेला सिमित हुन पुगेको मेयर न्यौपनले जानकारी दिए। कोरोनाकै कारण मकर मेलालाई मकर स्नानको रुपमा लिएको जो कोहिपनि दर्शनार्थीहरुले स्वास्थ्यको पुर्ण पालना गरेर मकर स्नान गर्न सक्ने मेयर न्यौपानेले बताए। 

हरेक १२ वर्षमा जिल्लाको पनौतीमा रहेको त्रिवेणि घाटमा मेला हुने गर्दछ। तीन नदिको संगमस्थल लिलावती, पद्यमावती र रुद्रवाती रहेको पनौती त्रिवेणि घाटमा मेला भर्नको लागि दर्शनार्थीहरु आउने गरेको पाइन्छ। 

नगरपालिकाले मकरस्थानको लागि लीलावती र पुण्यमाता खोलामा स्नान गर्न मिल्ने बनाइएको छ। एकै पटक धेरै जना हुँदा स्नान गर्न सहज होस् भनी खोलाभित्र बाँस राखिएका छन्। त्रिवेणीघाटमा नुहाएर त्यहाँको जल हत्केलामा राखेर उत्तरपट्टि रहेको कुञ्जगिरी पर्वत अर्थात् गोरखनाथ डाँडास्थित् गारखनाथलाई चढाउँदा पून्य मिल्ने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ। माघ महिनाभर हर्षोल्लासका साथ मनाइने मकर मेलामा भारतीय तीर्थलुसमेत पनौतीमा आइपुगेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.