कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मालपोत कार्यालय बन्द
विराटनगर : विराटनगरस्थित भूमि सुधार तथा मालपोत कार्यालय अनिश्चितकालिन बन्द भएको छ । सो कार्यालयका आधा दर्जन कर्मचारीमा कोरोना संक्रमण भएपछि आइतबारदेखि बन्द भएको हो ।
कार्यालयले एक सूचना जारी गर्दे अर्को सूचना अनाउन्जेलसम्म कार्यालय बन्द भएको जनाएको छ । ४१ जना कर्मचारी भएको सो कार्यालयमा ६ जनाको रिर्पोट पोजिटिभ आएको र बाँकी ४ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।
कार्यालय प्रमुख लोकबहादुर भण्डारीका अनुसार अन्य कर्मचारीमा समेत कोरोनासँग लक्षण देखिएकाले कार्यालय केहि दिनका लागि बन्द गरिएको जानकारी दिए ।