उच्च अदालतका न्यायाधीशसहित २३ जनामा कोरोना संक्रमण

उच्च अदालतका न्यायाधीशसहित २३ जनामा कोरोना संक्रमण

वीरगन्ज: वीरगन्जमा रहेको उच्च अदालत जनकपुरको अस्थायी इजलाशका न्यायाधीश, रजिष्टार र कर्मचारी गरी २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको प्रयोगशालामा सोमबार साँझ ५३ जनाको पीसीआर परीक्षणमध्ये ६८ प्रतिशत अर्थात् ३६ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका ३६ जनामध्ये उच्च अदालत इजलासका मात्रै २३ जना रहेको अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए।

उनका अनुसार अदालतका एक न्यायाधीश, रजिष्टार, उपरजिष्टार, कर्मचारीसहित गरी २३ जना संक्रमण भेटिएको हो। यसबाहेक पर्साकै २ जना, बाराका ९ जना, सर्लाहीका १ र खोटाङका १ गरी अन्य १३ जनामा संक्रमण पुष्टि भएको डाक्टर सिंहले बताए।

पछिल्लो हप्तादेखि वीरगन्जमा कोरोना भाइरस संक्रमण दर लगातार ६५ प्रतिशतभन्दा बढी रहेको छ। नारायणी अस्पतालको प्रयोगशालमा पछिल्लो हप्ता यता हुँदै आएको पीसीआर परीक्षणमा संक्रमण दर ६५ प्रतिशतभन्दा बढी नै रहेको डाक्टरहरुले बताएका छन्। यसअघि आइतबार बेलुकी पनि नारायणी अस्पतालको प्रयोगशालामै ६२ जनाको पीसीआर परीक्षण गर्दा ६० प्रतिशतमा अर्थात् ३७ जनामा संक्रमण पुष्टि भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.