राजधानी नपाएपछि वीरगन्जमा प्रदर्शन जारी, मुख्यमन्त्रीको घरमा ढुङगा प्रहार
वीरगन्ज : मधेस प्रदेशको स्थायी राजधानी जनकपुरकायम गरिएपछि त्यसको विरोधमा मङ्गलबार पनि वीरगन्जमा प्रदर्शन गरिएको छ। वीरगन्जलाई राजधानी बनाइएको विरोधमा मङगलवार नेपाली काँग्रेसले प्रदर्शन गरेको हो। काँग्रेसले कालो झण्डासहित मोटरसाइकल जुलुश निकालेर प्रदर्शन गरेको छ।
कांग्रेस वीरगन्ज महानगर कार्यसमितिको अगुवाइमा घण्टाघर चोकबाट निस्किएको कालो झण्डासहितको मोटरसाइकल जुलुशले आदर्शनगर, माइस्थान, घण्टाघर हुँदै नगरको परिक्रम गर्ने क्रममा वीरगन्ज-१३ तेजारथ टोलस्थित मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि पुगेर पनि नाराबाजी गरेको थियो।
त्यसक्रममा जुलुशमा सहभागीले मुख्यमन्त्री राउतको घरमा ढुंगा पनि प्रहार गरेका थिए। ढुङगा प्रहारबाट मुख्यमन्त्री राउतको घरको दुई वटा सिसा फुटेको छ। प्रदर्शनमा सहभागीहरूले ‘वीरगन्जलार्ई मुख्यमन्त्री चाहिँदैन, हाम्रो वीरगन्जलार्ई कुर्सीसँग बेच्न पाइँदैन,’ ‘मुख्यमन्त्री लालबाबु राउत मुर्दावाद लगायतका नारा पनि लगाएका थिए।
जुलुशको अगुवाइ गरेका काँग्रेस नगरसभापति वीरगन्जलाई प्रादेशिक राजधानी बनाउनका लागि कांग्रेसले आन्दोलनको विगुल फुकिसकेकाले वीरगन्ज राजधानी नबने सम्म आफुहरुको आन्दोलन जारी नै रहने बताए।
यस्तै वीरगन्जलार्ई राजधानी नबनाइएको विरोधमा पर्साको पोखरीयामा पनि मङगलवार प्रदर्शन गरिएको छ। एमाले पोखरीया नगर कमिटीको आयोजना भएको प्रदर्शनमा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन पनि गरिएको छ।
प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै एमाले केन्द्रीय सदस्य राजकुमार गुप्ताले वीरगन्जलार्ई राजधानी बनाएर घोर अन्याय गरिएको बताए। उनले अब पर्सा जिल्लालार्ई बागमति प्रदेशमा मिसाउनका लागि आन्दोलन थालिने चेतावनी पनि दिए। मङगलवार नै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पर्साले पनि एक विज्ञप्ति जारी गर्दै वीरगन्जलाइ प्रदेशको राजधानी नबनाइएको भन्दै आपत्ति जनाएको छ।
लोसपा पर्साका अध्यक्ष पुरुषोत्तमलाल झाले जारी गरेको विज्ञप्तिमा मधेस आन्दोलनमा वीरगन्जले गरेको योगदानको अवमुल्यन गर्दै जनकपुरलार्ई राजधानी बनाएकोमा भत्र्सना गर्दै राजधानीका विषयमा प्रदेशसभाले गरेको निर्णय सच्याउन माग गरिएको छ। यसअघि सोमबार बेलुकी पनि वीरगन्जमा युवाहरुको एक समुहले प्रदर्शन गर्दै मुख्यमन्त्री लालबाबु राउतको पुत्ला पनि जलाएका थिए।
प्रदेशसभाले सोमबार मतदान मार्फत जनकपुरलाई स्थायी राजधानी कायम गरेपछि वीरगन्ज प्रति अन्याय भएको भन्दै यहाका प्रदेशसांसद, युवा र सर्वसाधरणले विरोध जनाउँदै आक्रोश पोखेका छन्। सामाजिक सन्जालमा पनि वीरगन्जसंग धोखा भएको भन्दै सर्वसाधरणले पनि आक्रोश पोखेका हुन्। पर्साबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका प्रदेश सांसदहरुले पनि राजधानी नबनाएर वीरगन्जसंग अन्याय गरिएको प्रतिक्रिया दिएका छन्।
वीरगन्जमै गरिएको मधेस आन्दोलनकै बलमा मुलुकले संघीयता पाएको र मधेस आन्दोलनका बेला मधेसी दलका शीर्ष नेताहरुले पनि राजधानी वीरगन्ज नै बन्छ भनेर भाषण गरेको तर अहिले वीरगन्जलाई उपेक्षा गरिएर जनकपुरलाई राजधानी बनाइएको भन्दै आक्रोश र असन्तुष्टि व्यक्त भइरहेको हो।
मधेस आन्दोलनलाई वीरगन्जले नै उत्कर्षमा पुरयाएको र ६ महिने नाकाबन्दीको मार वीरगन्ज र वीरगन्जवासीले खेपेको भएपनि अहिले वीरगन्जसंग धोखा गरिएको यहाँका सर्वसाधरणको भनाइ छ। वीरगन्जलाई प्रदेशको राजधानी नबनाएपछि अब पर्सा र बारा जिल्ला, बागमति प्रदेशमा मिसिनु पर्ने आवाज पनि उठ्न थालेको छ।यस्तै पर्सा, बारा, रौतहट र सर्लाहीगरी ४ जिल्लाको छुट्टै भोजपुरा प्रदेश बनाउनु पर्ने आवाज पनि सामाजिक सन्जाल मार्फत आइरहेको छ।
जसपाका नेतृ एंव प्रदेश सांसद करिमा बेगमले वीरगन्जसंग अन्याय भएको भन्दै यसपछि चाल्ने कदमका बारेमा आफुूरुले तयारी गरिरहेको बताइन्। उनले मधेस आन्दोलनमा वीरगन्जले गरेको योगदानको अवमुल्यन गरिएको भन्दै आफूहरु चुप लागेर नबस्ने चेतावनी पनि दिइन्।
आवश्यक परे प्रदेशसांसद पदबाट राजीनामा दिन पनि तयार रहेको भन्दै प्रदेशसांद बेगमले भनिन्,‘पर्सा, बारा र रौतहटका प्रदेश सांसदहरुको छिट्टै बैठक बसेर एउटा ठोस निष्कर्षमा पुग्छौ।'