उपचारमा खटिने स्वास्थयकर्मी नै संक्रमणमा

उपचारमा खटिने स्वास्थयकर्मी नै संक्रमणमा

चितवन : अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरु धमाधम कोरोना संक्रमणमा परेका छन्। जिल्लाको विभिन्न अस्पतालमा कार्यरत उपचारमा खटिएकाहरु नै धमाधम संक्रमित भएका हुन्। जिल्लामा पुष्टि भएका करिब एक हजार जनामध्ये ११७ जनालाई चिकित्सक, स्वास्थ्यकमी र कर्मचार्रीहरु छन्। संक्रमित भएका उनीहरु सबै होम आइसोलेसनमा छन्। 

जिल्लामा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या उकालो लागेको छ। दैनिक सय जनाको दरले बढेको छ। भरतपुर अस्पतालमा मात्रै ३७ जना संक्रमित भएका छन्। यीमध्ये सातजना चिकित्सकसहित २० जना स्वास्थ्यकर्मी कोरोना संक्रमणको फेला परेका हुन्। यो संख्या अझै बढ्न सक्ने आंकलन गरिएको छ। यसले गर्दा भरतपुर अस्पतालमा जनशक्ति अभावको हुन थालेको छ।  ‘स्वास्थ्यकर्मी र कर्मचारी नै संक्रमित हुन थालेपछि कसले काम गर्ने भन्ने समस्या भएको छ’ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले भने ‘ अहिलेसम्म सबै सेवा सुचारु छन्। अब पनि बढ्यो भने केही सेवा सुस्त बनाउनैपर्छ। ’ 

कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा सात चिकित्सकसहित १० जनामा कोरोना सङ्क्रमण देखिएको छ। भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा तीन जना चिकित्सकसहित ४० जनालाई कोरोना संक्रमण भएको छ।  चितवन मेडिकल कलेजमा कार्यरत चिकित्सकसहित ३० जनालाई कोरोना संक्रमण भएको छ। यी मध्ये १२ जना चिकित्सक मात्रै छन्।

उपचार गराउन आएकाहरुबाटै उनीहरुमा संक्रमण फैलिएको हो। अस्पतालका अप्रेसन म्यानेजर पारस अधिकारीले अवस्था सामान्य नरहेको बताए। ‘ उपचारमा आउने विरामीबाटै संक्रमणमा परेको देखिन्छ। जसले उपचार गर्ने हो उनीहरु नै संक्रमित हुनु भनेको समुदायमा भित्रि रुपमा फैलिएको भन्ने देखिएको छ,’  उनले भने, ‘जुन अनुपातमा बढेको छ  यो अवस्था खतराको सुचकको रुपमा देखिन्छ। ’ 

समुदायमा कोरोना तीब्र रुपमा फैलिएको छ।  अत्यावश्यक नपरेसम्म परिक्षण भएको छैन। समुदायमा भित्रिरुपमा अनुमान गरिएको छ। परिक्षण गरे समुदायमा संक्रमितको संख्या बढ्ने आशंका छ। 

अस्पतालमा स्वास्थ्य उपचारका लागि अस्पताल जानेहरुबाट चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना सरेको अस्पतालको भनाइ छ। विरामीको उपचार गर्नेहरु नै संक्रमित भएपछि जनशक्ति अभावको खतरा देखिएको छ। अस्पतालहरुले अत्यावश्यक बाहेकको अवस्थामा अस्पताल नआउन आग्रह गरेका छन्। संक्रमण दर उच्च भएपछि खतरा बढेको भन्दै संयमता अपनाउन भनेका छन्। चिकित्सक र स्वास्थ्यकर्मी संक्रमण दर यही अवस्थामा रहे अवस्था जटिलताको खतरा हुने अस्पतालका वरिष्ठ प्रशासक गृहिनारायण महतोले बताए।

जिल्ला प्रशासन कार्यालय चितवनले स्थानीय तहलाई कोभिड विरुद्ध अभियान संलाचनको लागी सजग गराएको छ। जोखिम न्यूनिरकरणका लागि मंगलबारदेखि लागूहुने गरी चौविस बुँदे निर्देशन जारी गरेको छ। सार्वजनिक सेवाको लागि खोप कार्ड अनिवार्य गरेको छ। प्रशासनले जारी गरेको आदेशमा होटल, रेष्टुरेन्ट, रंगशाला, सिनेमा हल र सार्वजनिक सेवाका विभिन्न क्षेत्रमा प्रवेश गर्दा कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरेको छ।

त्यस्तै वैवाहिक कार्यक्रम, पूजा लगाएतको काम गर्न पूर्व स्विकृति लिनुपर्नेछ। जनस्वास्थ्यको मापदण्ड पालन गरेको हकमा बढीमा पचास जना मात्रै जम्मा हुन पाउने नियम राखेको छ। सपिङ मल, डिपार्टमेन्टल स्टोर सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गर्दै बढीमा २५ जना भन्दा बढी प्रवेश गर्न नपाइने जनाएको छ। माघ १५ सम्म मनोरञ्जन र  शैक्षिक गतिविधिको काम पूर्ण रुपमा रोक लगाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.