पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन : पहिरो खसेर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।  इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सी खोला र टोपे खोला पुलको बीचमा  शुक्रबार राती साढे दुई बजे सुख्खा पहिरो खसेको हो। 

तोपे खोलाको पुल निर्माण गर्ने क्रममा पहाड कटान गरिएकाले पहिरो खसेको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए। बाटोअवरुद्ध भएको कारण रातिदेखिको सवारी जाममा परेको छ।

‘पुल बनाउन आयोजनाले  फाउन्डेसन खन्दै थियो। त्यहीँ ठाउँमा सुख्खा पहिरो खसेको हो। पहाडतर्फ खनेर पुल बनाउन पर्ने भएकोले पहाड कटान गर्न परेको हो।’ खनालले भने, ‘आयोजनाको डोजरले मात्र समय लाग्ने भएर सडक डिभिजनको पनि पठाएका छौँ।  दुई वटा डोजरले काम गर्दा बिहान ११ बजेभित्र बाटो खुल्छ भन्ने लागेको छ।’

रातीदेखि दुबैतर्फको सवारी जाममा परेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.