चर्चमा भागदौड मच्चिदा कम्तिमा २९ धर्मावलम्बीको मृत्यु

चर्चमा भागदौड मच्चिदा कम्तिमा  २९ धर्मावलम्बीको मृत्यु

मोन्रोभिया : पश्चिम अफ्रिकी मुलुक लाइबेरियाको एक चर्चमा भागदौड मच्चिदा कम्तीमा २९ क्रिष्चियन धर्मावलम्बी मृत्यु भएको छ । लाइबेरियाको राजधानी मोन्रोभियास्थित चर्चमा बुधबार राती भागदौड मच्चिदा कम्तीमा २९ धर्मावलम्बीको मृत्यु भएको हो ।

लाइबेरियाका सूचनामन्त्री जलवाह तोन्पोले बिहीबार सो जानकारी दिएका हुन् । सूचनामन्त्रीका अनुसार सो घटना राजधानीस्थित न्यु क्रु टाउनमा भएको हो । क्रिस्चियनहरुको पुजा कार्यक्रममा रातभर भागदौड मच्चिदा २९ क्रिस्चियन धर्मावलम्बीको ज्यान गएको हो ।

यद्यपि, घटनाको कारणबारे भने हालसम्म पुष्टि भइनसकेको अन्र्तराष्ट्रिय मिडियामा खबर छ । त्यहाँका अधिकारीहरु बिहीबार साँझ घटनास्थलमा पुगेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.