अनअराइभल भिसामा खोपकार्ड अनिवार्य

अनअराइभल भिसामा खोपकार्ड अनिवार्य

काठमाडौं : सरकारले कोरोनाको तेस्रो लहर बढेसँगै नयाँ यात्रा मापदण्ड जारी गरेको छ। उक्त मापदण्डमा खोपको मात्र पूरा गरेका विदेशी पर्यटकलाई अनअराइभल भिसा दिने सुविधालाई निरन्तरता दिने भएको छ। यो भिसा खुल्ला भएका मुलुकका नागरिकले यो सुविधा लिन सक्ने अध्यागम विभागले जानकारी दिएको छ। यो सुविधा गैरआवासीय नेपाली, गैरसरकारी संस्थाका प्रतिनिधि एवं कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई पनि लागु हुनेछ। 

स्थलमार्गबाट प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकले पनि तोकिएको कागजात पुरा गरेको अवस्थामा नेपाल प्रवेश विन्दुमै भिसा पाउने छन्। नेपाल आउने विदेशी पर्यटकहरूले कोभिड विरुद्धको खोपको मात्रा पूरा गरेको कार्ड, चेक–इन हुनु ७२ घण्टा अघिको कोरोना नेगेटिभ भएको प्रमाण, नेपालमा होटल बुकिङ गरेको प्रमाण लगायतलाई मापदण्डमा राखेको छ। साथै सीसीएमसीसीको अनलाइन अराइभल फर्म पनि भर्नु पर्नेछ।

नेपालमा पर्वतारोहण गर्न आउने पर्यटकहरूले सम्बन्धित निकायसँग लिएको अनुमतिको प्रतिलिपि पनि साथमा ल्याउनु पर्ने उल्लेख गरिएको छ। सम्बन्धित नियोगबाट नेपाल आउनका लागि भिसा लिने विदेशी नागरिकहरूले पनि माथि उल्लेखित कागजातहरू पेश गर्न जरुरी छ। खोपको मात्रा पूरा नगरेका वा खोप लगाएको १४ दिन नपुगेका विदेशीको हकमा भने नेपाल प्रवेश गर्ने अध्यागन विन्दुमा एन्टीजेन परीक्षण गर्नुपर्नेछ। उक्त परीक्षणमा कोरोना पोजेटिभ आए तोकिएको स्थानमा वा होटलमा ५ दिन क्वारेन्टाइन बस्न जरुरी रहेको छ। उक्त एन्टीजेन परीक्षण सम्बन्धित होटलमा पनि गर्न सकिने छ। 

पाँच दिनपछि कारोना जाँच गरी नेगेटिभ आएमा मात्र नेपाल भ्रमणको काम सुरु गर्न सकिने मापदण्डमा भनिएको छ। खोपको मात्रा पुरा गरेका पर्यटकहरूले पनि होटलमा चेकइन गरेको २४ घण्टामा र पछि ७२ घण्टा एन्टीजेन परीक्षण गरिरहनु पर्ने बताइएको छ। 

नेपाल भ्रमणको क्रममा कोरोना पोजेटिभ देखिएमा सबै खर्च पर्यटक स्वंयले व्यहोनुपर्ने छ भने बीमा वापतको शुल्क पनि पर्यटकको नै दायित्वभित्र पर्ने भनिएको छ। नेपालभित्रै रहेका विदेशी पर्यटक वा नागरिकहरूलाई खोप पूरा नभएको कारण वा अन्य कारणले नेपाल भ्रमणमा बाधा नगरिने पनि स्पष्ट पारिएको छ। स्थलमार्गबाट प्रवेश गर्ने भारतीय नागरिकको हकमा पनि खोप कार्ड, ७२ घण्टा अघिको कोरोना परीक्षणको प्रमाण र सीसीएमसीसीको फर्म भर्नु अनिवार्य गरिएको छ। 

खोपको मात्रा पुरा गरेको १४ दिन भएका नेपाली र गैरआवासीय नेपालीले चेकइन हुनु अघि ७२ घण्टाभित्रको कोरोना जाँचको नेगेटिभ प्रमाण साथमा ल्याए नेपाल छिर्न रोक लगाइने छैन। लक्षण देखिएको अवस्थामा भने अध्यागमन विन्दुमा एन्टिजेन परीक्षण गर्नुपर्छ। परीक्षणको क्रममा कोरोना नेगेटिभ देखिए ५ दिन होम वा होटेल क्वारेन्टिनमा बस्नुपर्ने छ।  खोपको मात्रा पुरा नगरेका नेपाली र गैरआवासीय नेपालीको हकमा भने एन्टिजेट परीक्षण गरि नेगेटिभ आएमा मात्र गन्तब्यमा जान दिइने भएको छ। पोजेटिभ आएमा आइसोलेसनमा जानु पर्नेछ।

५ वर्ष भन्दा मुनीका बालबालिकाको हकमा खोप र परीक्षण अनिवार्य छैन भने ५ देखि १८ वर्षसम्मका बालबालिकाका लागि परीक्षण अनिवार्य भएपनि खोपलाई अनिवार्य मानिएको छैन। 
सरकारको औपचारिक निमन्त्रणमा आउने सबै विदेशी अतिथिहरूले प्रवेश बिन्दुमा कोरोना १९ परीक्षण गर्ने र नेगेटिभ आएमा मात्र कार्यक्रममा सहभागी हुन अनुमति दिइने छ। कोरोना पोजेटिभ देखिएमा सरकारको स्वास्थ्य मापदण्ड पालना गरी आइसोलेसनमा बस्नुपर्ने उल्लेख गरिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.