हरिखेतान क्याम्पसमा नेविसंघको आन्दोलन सुरु

हरिखेतान क्याम्पसमा नेविसंघको आन्दोलन सुरु

वीरगन्ज : वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पस सामुदायिक क्याम्पसको विधीविधान अनुसार संचालन गर्नुपर्ने मागको सुनुवाइ नभएपछि नेपाल विधार्थी संघले शुक्रबारदेखि आन्दोलन थालेको छ।

नेविसंघले हरिखेतान क्याम्पसको गेटमा शुक्रबार एक घण्टा धर्ना दिएर प्रदर्शन गरेको छ। पूर्वघोषीत आन्दोलनका कार्यक्रम अनुसार पहिलो दिन शुक्रबार नेविसंघले हरिखेतान क्याम्पसको गेट अगाडि एक घण्टा धर्नासहितको प्रदर्शन गरेको हो।

नेविसंघका इकाइ सभापति मनोज कुमार साहको अगुवाइमा भएको धर्ना र प्रदर्शनमा नेविसंघका जिल्ला उपाध्यक्ष समीर हुसैन,यूथ कांग्रेस नेपालका प्रदेश सदस्य राहुल कुमार गुप्ता, तुफान अन्सारी, दिना गुप्ता, बिटु पटेल, राहुल ठाकुर, सुधान्सु चौरसिया, राहुल चौरसियालगायतको सहभागीता थियो। 

हरिखेतान बहुमुखी क्याम्पस सामुदायिक क्याम्पस हो। तर स्थापनाकाल देखि नै सामुदायिक क्याम्पसको विधिविधान अनुरूप संचालन नभइ क्याम्पस प्रमुख भगवान यादवले एकलौटी रुपमा नीजि बनाएर सन्चालन गर्दै आएको नेविसंघको आरोप छ। 

गत आइतवार नेविसंघले ३ दिनको अल्टिमेटम दिएर ७ सुत्रीय मागसहितको ज्ञापनपत्र क्याम्पस प्रमुख यादव र पर्साका सहायक प्रमुख जिल्ला अधिकारीलाइ बुझाएको थियो। 
तर ५ दिन बित्दासमेत कुनै सुनुवाइ नभएपछि नेविसंघले शुक्रबारदेखि चरणबद्ध आन्दोलन थालेको हो। 

प्रदर्शनमा सहभागीहरुले हरिखेतान बहुमुखी क्याम्पसलाई सामुदायिक क्याम्पस सरह संन्चालन गर, त्रिभुवन विश्वविद्यालय अनुदान आयोगको खर्च सार्वजनिक गर, २० वर्ष देखिको आयब्यय सार्वजनिक गर, २० वर्षदेखि एउटै क्याम्पस प्रमुख किन?, अभिभावक भेलावाट सन्चालक समिति गठन गर लगायतका नारा लगाएका थिए। 

आन्दोलन अन्र्तगत अब माघ ९ गते आइतवार क्याम्पस सञ्चालक समितीका सदस्यहरुलाई ज्ञापनपत्र बुझाउने र अन्तरकृया गर्ने नेविसंघले जनाएको छ। यस्तै माघ १० गते पर्सा जिल्लाका राजनीतिक दलका अध्यक्षहरुलाई ज्ञापन पत्र बुझाउने, माघ ११ गते घण्टाघर चोकमा हस्ताक्षर संकलन अभियान सञ्चालन गर्ने तथा माघ १२ गते प्रधानमन्त्री, शिक्षा मन्त्री र प्रमुख जिल्ला अधिकारीलाई फोनमार्फत दबाबमुलक म्यासेज पठाउने नेविसंघ सभापति साहले जानकारी दिए। त्यसपछि शिक्षा मन्त्रीलाई प्रत्यक्ष भेटेर ज्ञापनपत्र पनि बुझाइने साहले जानकारी बताए। 

वीरगन्जका उद्योगपति एंव समाजसेवी बिहारीलाल खेतानले आफना छोरा हरि खेतानको स्मृतिमा विक्रमसंवत २०३८ सालमा त्रिवि विश्वविद्यालयबाट सम्बन्धन लिएर सामुदायिक क्याम्पसकारुपमा हरिखेतान क्याम्पस स्थापनागरी सन्चालनमा ल्याएका थिए। 

त्यसपछि उक्त क्याम्पस समुदायले नै सन्चालन गर्नेगरी हस्तान्तरण गरेपछि झण्डै साढे ३ दशक देखि भगवान यादवले नीजि क्याम्पसकारुपमा एकलौटी गरी सन्चालन गर्दैै आएको नेविसंघको आरोप रहकोछ।  

आफूहरुले ३ दिनको अल्टिमेटम दिएर बुझाएको ज्ञापनपत्र बारे कुनै वास्ता नगरिएपछि बाध्य भएर शुक्रबारदेखि आन्दोलन थालिएको सभापति साहले बताए।
 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.