जसपाको विवाद उत्कर्षमा, दुई समूहको आ-आफ्नै दाबी

जसपाको विवाद उत्कर्षमा, दुई समूहको आ-आफ्नै दाबी

वीरगन्ज: पर्सामा जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद झन चुलिँदै गएको छ। पछिल्लो हप्ता दुई छुट्टाछुटटै समूहले जिल्ला कार्यसमिति गठन र पुनःगठन गरेका थिए। केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट समूहले गत माघ २ गते मन्जुर अन्सारीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो।

उपेन्द्र निकट रहेका पहिलेका अध्यक्ष रामनरेश यादवको समूहले भने गत शुक्रबार छुट्टै भेला गरेर जिल्ला कार्यसमिति पुनःगठन गरेको छ। पर्सामा गठन भएका दुई छुट्टाछुटटै जिल्ला कार्य समितिबारे अहिले आएर जसपाको मधेस प्रदेश समितिमा पनि विभिन्न विवाद देखिएकाले पर्सामा जसपाभित्रको विवाद झन् उत्कर्षमा पुगेको हो।

जसपाको मधेस प्रदेश समितिका मुख्य सचिव दिनेश कुमार यादवले शनिबारमात्रै एक विज्ञप्ति जारी गरेर पर्सा जिल्लामा राम नरेश यादवले नेतृत्व गरेको जिल्ला कार्य समिति नै पार्टीको आधिकारिक रहेको जनाएको छ।

मुख्यसचिव दिनेशले पार्टीको आधिकारीक लेटर प्याडमा विज्ञप्ति जारी गर्दै जिल्लाहरुमा जनता समाजवादी पार्टी बन्नुभन्दा पहिला रहेका तत्कालीन समाजवादी पार्टी र राजपाका समिति नै अहिले पनि आधिकारिक रहेको जनाएका छन्।

विज्ञप्तिमा पर्सा जिल्लामा माघ २ मा केही समूहले मन्जुर अन्सारीको नेतृत्वमा नयाँ जिल्ला कार्य समिति गठन गरेको खबर विभिन्न सञ्चार माध्यमबाट जानकारी प्राप्त भएको भन्दै मधेस प्रदेश समितिका मुख्य सचिव दिनेशले त्यो पार्टीको आधिकारी समिति नभएको दाबी गरेका छन्।

केन्द्रमा तत्कालीन समाजवादी पार्टी र राजपाबीच पार्टी एकतापछि जिल्लाहरुमा समायोजनको काम बाँकी नै रहेको भन्दै जसपाको मधेस प्रदेश समितिका मुख्य सचिव दिनेशले जिल्लामा जिल्ला कार्यसमिति गठन गर्ने अधिकारी मधेस प्रदेश समितिको रहेकाले अहिलेलाई पर्सामा रामनरेश यादव नेतृत्वकै जिल्ला कार्यसमिति आधिकारीक रहेको जनाएका छन्।

आइतबार भने जसपाको मधेस प्रदेश समितिकै उपाध्यक्ष सुशील यादवले एक विज्ञप्ति जारी गरेर पर्सामा मन्जुर अन्सारीको नेतृत्वमा गठन गरिएको नयाँ जिल्ला कार्य समिति नै आधिकारीक रहेको दाबी गरेका छन्।

जसपा मधेस प्रदेशका उपाध्यक्ष सुशीलले जारी गरेको विज्ञप्तिमा शनिबार मधेस प्रदेश समितिका मुख्यसचिव दिनेशले जारी गरेको विज्ञप्ति पार्टीको आधिकारीक नभएको उल्लेख छ। जसपाका मधेस प्रदेश उपाध्यक्ष सुशीलले पर्सामा हालै देखिएको पार्टीभित्रको विवाद केन्द्रीय कार्यसमितिले टुंगो लगाउने भएकाले मधेस प्रदेशका मुख्य सचिव दिनेश यादवले व्याक्तिगतरुपमा जारी गरेको विज्ञप्तिको कुनै औचित्य नै नभएको बताएका छन्।

उनले पर्सामा जिल्ला कार्य समितिका दुई तिहाइ सदस्यको बैठक बसेर मन्जुर अन्सारीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति गठन गरिएको लिखित जानकारी मधेस प्रदेश समितिलाई प्राप्त भएकाले पुरानो वा नयाँ कुन समितिलाई आधिकारिकता दिने भन्ने विषयमा केन्द्रीय समितिले नै निर्णय गर्ने बताएका छन्।

यता रामनरेश यादव नेतृत्वको जिल्ला कार्य समितिका सचिव तबरेज अहमदले हालै प्रदेश समितिका मुख्यसचिव दिनेश यादवले शनिबार जारी गरेको विज्ञप्ति नै अधिकारिक भएको दाबी गर्दै त्यो विज्ञप्तिले पर्सामा पार्टीभित्र मौलाउन खाजेको अराजक संस्कृतिलाई अंकुश लगाउने काम भएको प्रतिक्रिया दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.