दाङमा कोरोनाविरुद्धको खोप लगाउन सिरिन्ज अभाव

दाङमा कोरोनाविरुद्धको खोप लगाउन सिरिन्ज अभाव

दाङ : दाङमा खोपका लागि आवश्यक पर्ने सिरिन्ज अभाव भएको छ। सरकारले कोरोना खोपका लागि आवश्यकता भन्दा कम सिरिन्ज जिल्लामा पठाउँदा खोप अभियान सञ्चालन भइरहेका समयमा सिरिन्ज अभाव भएको हो। 

सरकारले खोपभन्दा केही प्रतिशत बढी सिरिन्ज उपलव्ध गराउनुपर्ने भएपनि खोपको डोजभन्दा कम सिरिन्ज पठाउँदा जिल्लामा अहिले सिरिन्ज नभएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाहीले जानकारी दिए। सरकारले जिल्लाका लागि हालसम्म झण्डै ४ चारलाख २० हजार कोरोना खोप उपलब्ध गराएको छ। '४ लाख २० हजार खोपका लागि करिब ४ लाख ५० हजार सिरिन्ज आवश्यक पर्ने हो' उनले भने, 'तर सरकारले झण्डै ४ लाख मात्र सिरिन्ज उपलव्ध गराउँदा त्यसको असर खोपमा परेको  छ।' 

उपलब्ध सिरिन्जको १० प्रतिशत सिरिन्जमा वेस्टेज हुने भएको हुँदा मात्राभन्दा बढी सिरिन्ज आवश्यक गर्ने शाहीले बताए। प्वाल परेको, गुणस्तर कम, भाँचिएको, अपलोड बढी/कम लगायतका समस्याहरु देखिने भएकाले सत प्रतिशत सिरिन्जहरु प्रयोग नहुने हुँदा सिरिन्ज बढी आउनु पर्ने उनले बताए।  उनका अनुसार अहिले दाङ जिल्लामा अहिले ७५ हजार सिरिन्ज अभाव छ। यो अभावले पहिलो, दोस्रो र अतिरिक्त खोपका कार्यक्रमहरु एकसातासम्म प्रभावित भएका छन्। 

सिरिन्ज अभाव हुँदा जनप्रतिनिधि, सरकार कार्यालयका कर्मचारी, बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई केहि समयपछि अतिरिक्त खोप लगाइने उनले जानकारी दिए। यसअघि पनि जिल्लामा सिरिन्ज अभाव भएको थियो। उक्त समयमा काठमाडौं लगायतका अन्य जिल्लाबाट सिरिन्ज ल्याएर खोप लगाइएको उनले बताए। ‘पहिले पनि सिरिन्ज नहुँदा काठमाडौं र अन्य जिल्लाहरुबाट ल्याएर परिपूर्ति गरेका हौँ, उनले भने, ‘अहिले सबैठाउको एउटै समस्या छ, जिल्लामा सिरिन्ज शुन्य भइसक्यो सरकारले नपठाएसम्म केही उपाय छैन।’

सिरिन्ज अभाव भएपछि महिला र बालबालिकाहरुका लागि लगाइने नियमित खोपमा प्रयोग गरिने सिरिन्जहरु समेत प्रयोग गरी खोप लगाउने काम गरिएको उनले बताए। तर नियमित लगाइने खोपका लागि पनि सिरिन्ज अभाव भएपछि समस्या उत्पन्न भएको उनले जानकारी गराए।

खोपका लागि आवश्यक सिरिन्जहरु बाह्य मुलुकबाट खरिद गरी ल्याउनुपर्ने भएकाले ढुवानी र खरिद प्रक्रियामा ढिलो हुँदा समयमै सिरिन्ज व्यवस्थापन गर्न समस्या भएको लुम्बिनी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.