डोटीमा एक युवती मृत फेला

डोटीमा एक युवती मृत फेला

डोटी : डोटीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। केआईसिंह गाउँपालिका- ६ सलेना घर भएका खेम भाटको छोरी अन्दाजी १८/२० वर्षीया हरिना भाट मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घरबाट ८/९ सय मिटर टाढा रउताने खोलामा मृत अवस्थामा युवतीको शव फेला परेको खबर वडा अध्यक्ष दिपबहादुर बलायरले खबर गरेको र खबर पाउनासाथ अस्थायी प्रहरी पोष्ट राजपुरबाट प्रहरी सहायक निरिक्षक मनिष जोशीको कमाण्डमा प्रहरी घटनास्थल गएको बताइएको छ।

घटनाको थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कान्तिराज जोशीको नेतृत्वमा टोली खटाइएको छ। अनुसन्धानपछि मात्रै घटनाका बारेमा बोल्न सकिने प्रहरीले बताएको छ।

युवतीको शव बाटोभन्दा करिब ५ मिटर तल घोप्टो अवस्थामा फेला परेको र लडेर मृत्यु हुन सक्ने कुनै अवस्था नदेखिएको भन्दै मृतकका आफन्तले भाटको हत्या भएको आशङ्का गरेका छन्। एक महिना अगाडि मात्रै डडेल्धुराको परशुराम नगरपालिकाका एक व्यक्तिसँग भागेर विवाह गरेकी मृत भाट माइती घर आएको ४ दिन भएको बताइएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.