सोलुखुम्बुमा यौनजन्य घटना ३२ प्रतिशतले बढ्यो

सोलुखुम्बुमा यौनजन्य घटना ३२ प्रतिशतले बढ्यो

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा यौनजन्य घटना क्रमिक रुपले वृद्धि हुँदै गएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार जिल्लामा यौनजन्य घटनाको संख्या वार्षिक ३२ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो।

आर्थिक वर्ष २०७६/०७७ मा १७ वटा जबरजस्ती करणीको घटना दर्ता भएका थिए। त्यस्तै ०७७/०७८ मा बढेर २५ पुगेको कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए। जुन प्रतिशतको हिसाबले ३२ प्रतिशत हो।

प्रहरी निरीक्षक ढकालका अनुसार चालु आर्थिक वर्षको ६ महिनामै १५ वटा जबरजस्ती करणीका मुद्धा प्रहरीमा दर्ता भएको छ। यस्तै जबरजस्ती करणी उद्योगको आर्थिक वर्ष २०७६/०७७ मा ६ वटा, ०७७/७८ मा ९ वटा र चालु आर्थिक वर्षको हालसम्म ३ वटा मुद्धा दर्ता भएको प्रहरीको तथ्यांक छ।

त्यसैगरी गत आर्थिक वर्षमा यौन दुर्व्यवहारको घटना ३ वटा र चालु आर्थिक वर्षको हालसम्म एउटा मुद्धा प्रहरीमा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.