सुदूरपश्चिमका ४ जनामा पहिलो पटक ओमिक्रोन भेरियन्टको भाइरस

सुदूरपश्चिमका ४ जनामा पहिलो पटक ओमिक्रोन भेरियन्टको भाइरस

डोटी : डोटीका एक जनासहित सुदूरपश्चिम प्रदेशका ४ जनामा ओमिक्रोन भेरियन्टको भाइरस भेटिएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिममा पहलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको हो।

डोटीका एक जना, कञ्चनपुरका दुई जना र बझाङका एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए।डोटीको पूर्वीचौकीका ४८ वर्षीय पुरुष, कञ्चनपुरको दोधराचाँदनीका ४२ वर्षीय पुरुष, पुनर्वासका २९ वर्षीय पुरुष, र बझाङको विथ्थडचिरका ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।

ओमिक्रोन भेरियन्ट पुष्टि गर्न १४६ जना कोरोना संक्रमितको नमुना पठाईएकोमा उनीहरुमध्ये ४ जनामा ओमिक्रोन पुष्टि भएको हो। संक्रमण पुष्टि भएका चारै जना भारतबाट स्वदेश फर्केका नागरिक हुन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.