प्रदेश १ मा कांग्रेसका गोपालकुमार र एमालेका गुरुप्रसादको मत बराबर
विराटनगर: राष्ट्रियसभा निर्वाचनको प्रदेश १ मा अन्यतर्फ कांग्रेस उम्मेदवार गोपालकुमार बस्नेत र एमालेका उम्मेदवार गुरुप्रसाद बरालको मतभार बराबर आएको छ। निर्वाचन आयोगका अनुसार दुवै जनाको मतभार ४४८८ आएको हो।
अन्यतर्फ बस्नेत, बराल र राप्रपाका अमरबहादुर विष्टको उम्मेदवारी परेको थियो।
मतभार बराबर आएपछि निर्वाचन आयोगसँग दुई विकल्प रहने बताइएको छ। जसअनुसार कि त गोलाप्रथा वा पुनःनिर्वाचन हुने प्रावधान रहेको आयोगका एक सदस्यले बताए।
यसअघि महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अपांगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ एमालेका सोनाम गेल्जेन शेर्पा विजयी भएका थिए।
प्रतिक्रिया दिनुहोस !