ओमिक्रोन बढेसँगै ग्राहक घटे, पर्यटन व्यवसायमा असर

ओमिक्रोन बढेसँगै ग्राहक घटे, पर्यटन व्यवसायमा असर

विराटनगर : तेश्रो चरणको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट  फैलिन साथ प्रदेशका पर्यटन व्यवासय चौपट भएको छ। प्रर्यटन व्यवासयकै लागि ठुला ठुला होटल निर्माणमा लगानी गरेका व्यवसायमा ओमिक्रोन भेरियन्टले असर पारेको छ।  

सरकारले ओमिक्रोन भेरियन्ट फैलिन नदिन बनाउने गरेको नीति पर्यटन व्यवसाय र होटल व्यवसायसँग सवन्वय नगर्दा झनै लगानी डुब्ने अवस्था आएको छ। सबै स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने होटल व्यवसायसँग सरकारले सवन्वय नगरेर नीति बनाउँदा पर्यटक र ग्राहक राख्न समस्या हुने गरेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को पर्यटन संयोजक भवेश श्रेष्ठले जानकारी दिए। 

भारतीय पर्यटक नै प्रदेश १ को प्रर्यटनको मेरुदण्ड भएकाले बोडरमा सबै चेकजाच गरेर आउने पर्यटकलाई राख्न दिनु पर्ने उनले बताए। पर्यटन व्यवसाय र होटक सञ्चालकसँग सवन्वय नै नगरी सरकारले बनाउने नीतिका कारण पलायन हुने अवस्था आएको उनले बताए। 

पर्यटक आउने संख्या २० प्रतिशतमा झरेका बेलामा पनि सरकारको सरोकारवाला पक्षले आफूहरुसँग सवन्वय नै नगरी विभिन्न बहानामा तनाव दिने गरेको उनले बताए। पर्यटक व्यवसायलाई व्यवस्थित गर्न निरन्तर ५ स्टार खुलेको र खुल्ने क्रममा रहेका बेला सरकाले बिना सवन्वयको नीति नियम लगाउनुभन्दा प्रर्यटन व्यवसाय  र होटल व्यवसायलाई अनुदान दिनु पर्ने व्यवसायहरुले माग गरेको छ। 

बजारमा भीडभाड कम नभएको, यातयात बन्द नभएको बताउँदै उनले भने, ‘सरकारले आर्थीक मेरुदण्ड मानिने पर्यटन व्यवसाय र होटल व्यवसायलाई निराश बनाउने नियम बनाउनु हुँदैन।'

होटल संघको अध्यक्ष राजन श्रेष्ठले भने, ‘लकडाउन गरेर व्यवसाय नै चौपट हुन्छ। हामीसँग सवन्वय गरेर कोरोनाको नियन्त्रण लाई बनाउने सबै नियम मान्छौं तर व्यवसाय नै चौपट हुने निमय बनाउनु हुँदैन।' 

माघ १ गतेदेखि नै संक्रमण तीव्र रुपमा फैलिन थालेपछि ग्राहक एक तिहाइ कम भएको बताइएको छ। भारतीय गाडीलाई नेपाल आउन बन्देज नलगाएर सबै स्वास्थ्य मापदण्ड पुर्‍याएर नेपाल भित्रिए होटल सहज रुपमा बस्न दिनु पर्ने व्यवसायले माग गरेका छन्। पूर्वी नेपालका विराटनगरसहित इटहरी, धरान लगातका  स्थानका पर्यटन व्यवसाय र होटल व्यवसायी चौपट भएको उनीहरुको गुनासो छ।  

होटलमा स्थानीय ग्राहकसँगै भारतबाट आउने ग्राहकको उपस्थिति न्युन हुन थालेपछि बैंकको रिन तिर्न र कर्मचारी पाल्न समस्या भएको संयोजक  श्रेष्ठले बताए। 

सरकारले होटल खोल्ने अनुमति  दिएका कारण सबै मापदण्ड अपनाएर सञ्चालन गरे पनि ग्राहक नआएको तर कार्यरत कर्मचारीलाई हटाउन नसकिने भएकाले दैनिक घाटा ब्यहोर्नु पर्ने उनले बताए। स्वास्थ्य सुरक्षाको तयारी गरेर कर्मचारी राखेर सञ्चालन गरेको बताउँदै उनले भने, ‘ग्राहक नहुँदा सञ्चालन खर्च धान्न सक्ने अवस्था छैन।' 

होटल धरायसी बन्नुको साथै बैंकको ऋण र कर्मचारीलाई तलब खुवाउन समस्या भएको उनले बताए। प्रदेश १ का विभिन्न नाकाबाट दैनिक ५ सय भारतीय पर्यटक आउने गरेका थिए। विराटनगर बसपार्क आसपासमा सञ्चालनमा रहेका साना होटल तथा लजसमेत धरायसी बनेका छन्। 

सार्वजनिक यातायात सञ्चालनमा आए पनि यात्रुहरु होटलमा नबस्ने गरेको होटल व्यवसाय रमेश भट्टराईले बताए। विराटनगरका होटलमा भारतसहित पूर्वी नेपालका पहाडी जिल्लाका ग्राहकहरुको बढी चाप हुने गरेको थियो। विराटनगरमा मात्रै होटलका करिव ८ सय कर्मचारीले काम गर्ने गरेका छन्।  

प्रर्यटन वर्ष २०२० लाई सफल बनाउन डेड अर्बको ५ स्टार होटल इटहरी र धुलाबारी र विराटनगरमा सञ्चालनको तयारीमा आउन लागेको थियो। प्रदेश १ मा स्टार र पर्यटन होटलसहित करिव ५ खर्बको लगानी रहेको बताइएको छ। 

प्रदेश १ का होटलमा करिव १५ हजार कर्मचारीले रोजगार पाएका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.