सेती प्राविधिक शिक्षालयको चल्ला घुस प्रकरणमा अख्तियारको चासो

सेती प्राविधिक शिक्षालयको चल्ला घुस प्रकरणमा अख्तियारको चासो

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीस्थित सेती प्राविधिक शिक्षालय दिपायलका तत्कालीन प्रमुख वीरेन्द्रबाबु यादवले घुस मागेको प्रकरणबारे चासो देखाएको छ। कुखुराको चल्ला खरिद प्रकरणमा व्यवसायीसँग टेलिफोनमा यादवले रकम मागेको अडियो सार्वजनिक भएपछि अख्तियारले चासो देखाएको हो। योसँगै सेती प्राविधिक शिक्षालय दिपायलका प्रमुख यादवको पद खोसिएको छ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)का सदस्य सचिव जीवनारायण काफ्लेका अनुसार सेती प्राविधिक शिक्षालयमा के कस्तो भ्रष्टाचार भएको भन्नेबारे अख्तियारले चासो दिएको छ। काफ्लेले अन्नपूर्णसँग भने, ‘ आन्तरिकरुपमा घटनाको छानविन गर्न समिति गठन गर्छौं। ढुक्क हुनुस् दुधको दुध पानीको पानी छुट्याउँछौं। ’ उनले दोषीलाई कारबाही हुने ठोकुवा गरे।  

अख्तियारका सहायक प्रवक्ता बेद प्रसाद भण्डारीले घुस प्रकरणबारे अख्तियारको ध्यानाकर्षण भएको बताए। उनले भने,‘यस घटनाबारे विस्तृत बुझेर जानकारी गराउँछु। अख्तियारको ध्यानाकर्षण भएको छ।’सिटिइभिटीले यादवलाई जिम्मेबारीबाट हटाउँदै केन्द्रमा तानेको छ।

उनको ठाउँमा निमित्त प्रमुखका रुपमा हरिदत्त ओझालाई जिम्मेवारी दिइएको परिषद्ले जनाएको छ। ओझाले यादवको घुस प्रकरण बारे अनविज्ञ रहेको भन्दै पञ्छिए। उनले भने, ‘यो घटनाबारे मलाई जानकारी छैन। यसको भुक्तानी पनि मैले दिइएको छैन। शिक्षालयको स्टोर र लेखा शाखालाई जानकारी होला।’ २० दिन अघि ओझालाई निमित्तको जिम्मेबारी दिइएको थियो। निमीत्त प्रमुख भएरपनि ओझाले घटनाबारे आफूलाई जानकारी नभएको भन्दै जिम्मेबारीबाट पञ्छिए।

कमिसनका लागि कुखुरा व्यवसायीसँग गरेको बार्गेनिङको अडियो गत पुष १६ गते सार्वजनिक भएको थियो। विद्यार्थीलाई कुखुरा पालन बारे सिकाउन  शिक्षालयले ५ सय चल्ला खरिद गरेको थियो । स्रोतका अनुसार यो चल्लाको मुल्य झण्डै ५० हजार रुपैँया पर्छ। भ्रष्टाचार गरेको प्रमाणीत भएमा यादवमाथि भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाही हुने व्यवस्था छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.