नाडालको २१ औं ग्रान्डस्लाम

नाडालको २१ औं ग्रान्डस्लाम

मेलबर्न : स्पेनका राफेल नाडालले कीर्तिमानी २१औं ग्रान्डस्लामको उपाधि जितेका छन्। आइतबार मेलबर्नमा भएको अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा रसियाका डानिल मेदभेदेभलाई पराजित गर्दै नाडालले ग्रान्डस्लामको संख्या २१ पुर्‍याएका हुन्।

नाडालले १३ पटक फ्रेन्च ओपनको उपाधि जितेका छन्। यसैगरी चार पटक अमेरिकी (यूएस) ओपन, दुई पटक विम्बल्डन र दुई पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका छन्। नाडालले यसअघि सन् २००९ मा पहिलो पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए। त्यतिबेला नाडालले रोजर फेडररलाई स्तब्ध पारेका थिए। यसअघि नाडालसँगै स्विट्जरल्यान्डका रोजर फेडरर र सर्बियाका नोभाक जोकोभिचले समान २० ग्रान्डस्लामको उपाधि जितेका थिए।

आइतबार रड लाभर एरेनामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा छैटौं वरीयताका नाडालले मेदभेदेभलाई २–६, ६–७(५–७) ६–४, ६–४, ७–५ को सेटमा पराजित गरेका हुन्। यूएस ओपन विजेता मेदभेदेभको दोस्रो ग्रान्डस्लाम जित्ने सपना पूरा हुन सकेन। पाँच घण्टा २४ मिनेट लामो प्रतिस्पर्धापछि ३५ वर्षीया नाडालले ऐतिहासिक जित आत्मसाथ 

गरेका थिए।

नाडाल खुट्टाको चोटका कारण पछिल्लो समय धेरै समय कोर्ट बाहिर थिए। ३५ वर्षीय नाडालले चोटकै कारण सन्न्यास लिने अनुमान पनि गरिएको थियो। तर, ती सबै अफवाहलाई गलत सावित गर्दै उनले कीर्तिमानी ग्रान्डस्लामको उपाधि जित्न सफल भए। ‘यो मेरो करियरकै सबैभन्दा ठूलो जित हो। यो जित भावनात्मक जित पनि हो’, नाडालले ट्रफी लिने क्रममा भने।  

नाडालले अहिलेसम्म २९ ग्रान्डस्लामको फाइनलमा स्थान बनाउँदा कीर्तिमानी २१ मा जित निकालेका हुन्। उनी आठ पटक भने उपविजेतामा सीमित बनेका थिए। चार पटक अस्ट्रेलियन ओपनको फाइनलमा पराजित भएका नाडाल तीन पटक विम्बल्डन र एक पटक यूएस ओपनको फाइनलमा स्तब्ध बनेका थिए


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.