झापाको जुत्ता उद्योगमा भीषण आगलागाी

झापाको जुत्ता उद्योगमा भीषण आगलागाी

झापा : झापाको मेचीनगर-६ काँकडभिट्टास्थित बर्मेली टोलमा रहेको एसएस जुत्ता उद्योगमा आगलागी भएको छ। दिउँसो मध्यान्हदेखि आगलागी सुरु भएको हो।  श्याम खेताङले सञ्चालन गरेको उक्त जुत्ता फ्याक्ट्रीमा  लागेको आगो अझैं नियन्त्रणमा आउन सकेको छैन।

आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको छ । बिर्तामोड र भद्रपुर नगरपालिकाबाट गएका वारुणयन्त्रले आगो निभाउन सघाइरहेका छन् । यद्यपि आगो नियन्त्रणमा आउन सकेको छैन् ।

आगलागीको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी बसन्त पाठकले बताए । आगलागी सुरु भएको ४५ मिनेटपछि मात्रै घटनास्थलमा बारुणयन्त्र पुगेका छन् । छेउमा रहेको मेचीनगर नगरपालिकाको बारुणयन्त्र बिग्रिएकाले अरु स्थानीय तहको बारुणयन्त्रमा भर पर्नु परेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.