गुल्मीका अधिकांश स्थानमा हिमपात
गुल्मी: गुल्मीका धेरैजसो स्थानमा हिमपात भएको छ। पर्यटकीय तीर्थस्थल रेसुंगामा वर्षेनि हिमपात हुन्छ। तर, यसपटक रेसुंगासहित प्रायःजसो ठाउँमा हिमपात भइरहेको छ।
हिमपातले जनजीवन कष्टपूर्ण बनेपनि किसानहरुलाई राहत मिलेको छ। मकै छर्ने मौसम भएकाले किसान खुसी भएका छन्। मदाने गाउँपालिकास्थित मदाने लेकमा भारी हिमपात भएको छ। मालिकाको अर्खावाङ, छापहिले लेक, सोइरेलेक, मुसीकोटको सालीमेदह लेकलगायत स्थानमा हिमपात भएको छ।
पहिलोपटक हिउँ खेल्दा बेग्लै आन्नद मिलेको मालिका गाउँपालिका ५ छापहिलेका प्रेम बहादुर जिसीले सुनाए। उनले दर्लिङ, नेटामा हिउँमा खेलेर आनन्द लिएको बताए। गुल्मीको मदाने लेक र काखमा रहेको मदाने सामुदायिक स्वास्थ्य केन्द्रमा परेको हिउँ।