सोलुखुम्बुमा १५ वर्ष यताकै बाक्लो हिउँ (फोटो फिचर)
सोलुखुम्बु : सोलुखुम्बुको सदरमुकाम सल्लेरी सहितको क्षेत्रमा करिब १५ वर्ष यताकै भारी हिमपात भएको छ। गत बिहीबारबाट सुरु भएको बाक्लो हिमपातले सल्लेरी बजार सहितका क्षेत्र हिउँले ढपक्कै ढाकेको छ।
हिमपातका कारण जनजीवन कष्टकर बनेको छ। हिउँ खेल्न आउने हिउँसँग रमाउँदै मस्त छन्। हिउँ खेल्नकै लागि विभिन्न क्षेत्रबाट जिल्लामा आएका आन्तरिक पर्यटक तथा जिल्लाकै नागरिकहरुको लामो समयदेखिको प्रतिक्षा सकिएको छ।
उनीहरु बाक्लो हिमपातका पर्खाइमा थिए। बिहीबारदेखि परेको हिउँले उनीहरुमा खुसीको सीमा छैन।