प्यूठान जीप दुर्घटना : मृतक र घाइते सबैको सनाखत

प्यूठान जीप दुर्घटना : मृतक र घाइते सबैको सनाखत

प्यूठान : प्यूठानमा जन्ती बोकेको जीप दुर्घटनामा परी मृत्यु हुने सबैको सनाखत भएको छ। शनिबार राती १ बजे बेहुली लिएर घरतर्फ जाँदै गरेको जीप गौमुखी गाउँपालिका ६ ओखरपाटामा दुर्घटना भएको थियो।

दुर्घटनामा एकै घरका तीन जनाको मृत्यु भएको छ। गौमुखी गाउँपालिका ६ लिवाङका ३९ वर्षीय बसन्त खड्का, उनकी श्रीमती ३९ वर्षीया बसन्ती खड्का र ११ वर्षीया छोरी एलिसा खड्काको घटनास्थलमै मृत्यु भएको छ। मृतक बसन्त खड्का नेपाली कांग्रेस गौमुखी गाउँपालिकाका उपसभापति समेत हुन्।

त्यस्तै, सोही ठाउँकी २९ वर्षीया केशरी खड्का, गाडी चालक ५२ वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का र नौवहिनी गाउँपालिका ६ की २० वर्षिया विपना जिसी रहेका छन्। 

घाइते ५ जनाको पनि सनाखत भएको छ। बेहुली नौवहिनी गाउँपालिका ६ किमिचौरकी २० वर्षीया रिमा जिसी, बेहुला गौमुखी ६ लिवाङका २५ वर्षीय दानबहादुर खड्का, सोही ठाउँका १७ वर्षीय नरेश खड्का, २१ वर्षीय हरि बुढामगर र नौवहिनी ६ की २५ वर्षीय सावित्रा जिसी घाइते भएका छन्। 

ग १ ज ५०९२ नम्बरको जीप सडकबाट करिव १ सय ५० मिटर सडकबाट खसेको छ। जीपमा गाडी चालकसहित १३ जना जन्ती सवार रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.