बुटवलमा रोकिराखेको ट्रकमा कार ठोक्कियो : तीन जनाको मृत्यु, दुई घाइते

बुटवलमा रोकिराखेको ट्रकमा कार ठोक्कियो : तीन जनाको मृत्यु, दुई घाइते

भैरहवा : रुपन्देहीको बुटवल क्षेत्रमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्।  

बुटवल उपमहानगरपालिका १२ स्थित तामनगर क्षेत्र (कोरियन कलेज अगाडि) मा लु २ ख ९७७२ नम्बरको रोकिएको ट्रकमा सोही दिशाबाट लु ३ च ४४४२ नम्बरको कार ठोक्किदाँ दुर्घटना हुन पुगेको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछाने बताए ।

दुर्घटनामा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २९ वर्षीय सविन चौधरी, सोही ठाउँका २७ वर्षीय गोविन्द चौधरी र २७  वर्षीय नवीन श्रेष्ठ छन्। दुर्घटनामा बुटवल–१३ का भगीरथ चौधरी र वडा नम्बर १२ का अनिष जिसी गम्भीर घाइते भएका छन्। 

घाइते अनिश जी.सीको अवस्था समान्य र भगिरथ चौधरीको अवस्था गम्भीर रहेकोमा दुवैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

ट्रक चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.