बाघको आक्रमणबाट गैडाको बच्चा मर्यो
चितवन : बाघको आक्रमणमा परेर गैडाको बच्चा मरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा बाघले आक्रमण गर्दा अन्दाजी एक वर्षको गैडाको बच्चा मरेको हो । गस्तीमा गएको टोलिले निकुञ्जको बाघमारा पोस्ट नजिक रहेको काभ्रेताल क्षेत्रमा सोमबार मृत अवस्थामा फेला पारेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।
बाघले शरीरका विभिन्न भाग खाएकाले बच्चाको लिंग भने पहिचान हुन सकेन।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)