वन बिरालोसहित ५ जना पक्राउ

वन बिरालोसहित ५ जना पक्राउ

रौतहट : गुजरा नगरपालिकास्थित जंगलसहिया नजिकबाट मृत वन बिरालोसहित ५ जना पक्राउ परेका छन्। प्रहरी र वन गस्ति टोलीले ७ वटा वन बिरालो मारेर लैजादैँ गरेको अवस्थामा वन बिरालोसहित ५ जनालाई पक्राउ गरेको हो।

बुधबार बेलुका साझँ जंगलसहिया चौकदेखि पश्चिमतर्फ झोलामा राखेर लगिराखेको अवस्थामा ईलाका प्रहरी कार्यालय लक्ष्मीनीया बिजयपुरको प्रहरी टोलीले चेकजाँचका क्रममा ७ वटा वन विरालोसहित ५ जनालाई पक्राउ गरेको हो। 

बरामद ७ वटा मृत वन बिरालो र ५ जनालाई जंगलसहिया सव-डिभिजन वन कार्यालयलाई बुझाएको ईलाका प्रहरी कार्यालय लक्ष्मीनीया बिजयपुरका प्रहरी निरीक्षक बिष्णु बिकले जानकारी दिएका। पक्राउ पर्नेमा बारा जिल्ला गढिमाई नगरपालिका वडा नम्बर १८ का १८ वर्षीय पप्पु बरै, ३५ वर्षीय संजय बरै,१८ वर्षीय अक्षय बरै, १८ वर्षीय सुनिल बरै र १८ वर्षीय निरज बरै रहेका छन्।

पक्राउ परेका ५ जनालाई नियन्त्रणमा राखि राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन अनुसार कार्वाही गरिने डिभिजन वन कार्यालय रौतहटका डिएफओ अमरदेव यादवले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.