सडक सञ्जालले जोडिँदै तिलिचो ताल

सडक सञ्जालले जोडिँदै तिलिचो ताल

जोमसोम : विश्वकै अग्लो उचाईमा अवस्थित तिलिचो ताल चाँडै सडक सञ्जालले जोडिदैँ छ। मुस्ताङको घरपझोड-५ ठिनी हुँदै तिलिचो ताल पहुँच मार्ग विस्तारका लागि सडक स्तरोन्नति तथा नयाँ ट्रयाक खोल्ने काम भईरहेको छ।

गण्डकी प्रदेश सरकार अन्तर्गत सांसद विकास कोषबाट चालु आर्थिक वर्षका लागि नयाँ ट्रयाक खुलाउन ३० लाख बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ। मुस्ताङ सदरमुकाम जोमसोमदेखि ठिनी हुँदै नमखुलेंकसम्म सडक विस्तार गर्न वर्षेनि प्रदेश सरकार अन्तर्गत सांसद विकास कोषबाट बजेट विनियोजन भईरहेको कार्यालयका सूचना अधिकारी रविन चोख्यालले जानकारी दिए।

उनका अनुसार पूर्वाधार विकास कार्यालयले तिलिचो जोड्ने नमखुलेंकसम्मको सडक विस्तारका लागि करिब ९ किलोमिटर सडक पूरा भईसकेको जनाएको छ।

संघीयता अघि साविक जिल्ला विकास समितिले उक्त सडक ट्रयाक खोल्न सुरु गरेको थियो। मुस्ताङहुँदै तिलिचो बेस क्याम्पसम्मको सडक बिस्तारको काम सुरु गरिएपनि संघीयतापछि सडक ट्रयाक खोल्ने काम रोकिएको थियो। सडकका लागि आर्थिक वर्ष २०७६ देखि निरन्तर सांसद विकास कोषको बजेट परिचालन गरी काम अघि बढाईएको हो।

कार्यालयका अनुसार समुन्द्री सतहदेखि ४ हजार ९ सय १९ मिटर अग्लो उचाईको तिलिचो ताल जोड्ने नमखुबेस क्याप्ससम्म सडक जोड्न करिव ५ किमी मात्रै बाँकी छ।

मुस्ताङ सदरमुकाम जोमसोमदेखि नमखुसम्मको दुरी करिब १६ किमी टाढा छ। मुस्ताङ हुँदै तिलिचो जाने पर्यटकहरु एकदिनमा पैदल हिडेर नमखुलेक बास बस्न पुग्छन्। तिलिचो सडक बिस्तार भईसकेपछि भने पर्यटक १ घण्टामै नमुखलेंकसम्म पुग्न सकिने छ। त्यहाँबाट मेसोकोन्दो पहाड काटेर गएपछि तिलिचो ताल आईपुग्छ। मुस्ताङ हुँदै छिटो छरितो यात्रा गर्न सकिने तिलिचो ताल जोड्न नमखु सडकको तचिह्यड खोलामा नयाँ पक्की पुलको आवश्यक पर्दछ। त्यसका लागि गण्डकी प्रदेश सरकारले चालु वर्ष पुलको डिपिआर गर्ने भएको पूर्वाधार विकास कार्यालय मुस्ताडले जनाएको छ।

यसका लागि डिपिआर सर्वे गर्न आवश्यक बजेट विनियोजन भईसकेको कार्यालयका सूचना अधिकारी चोख्यालले जानकारी दिए। चालु वर्ष पुलको डिपिआर भई अर्को वर्ष पुल निर्माणको काम अघि बढ्ने उनले बताए।

मुस्ताडको जोमसोम देखि ठिनी हुँदै नमखु सडकको स्तरोन्नति तथा नयाँ ट्याक खोल्ने काम स्थानीय उपभोक्ता समितिले लिएको थियो। समितिले नयाँ ट्रयाक ओपन गर्ने, ग्रेड मिलान गर्ने र सडक फराकिलो बनाउने काम गर्दैआईरहेको छ। बहुवर्षीय योजना अन्तर्गत तिलिाचो सडक बिस्तारको काम अघि बढाईएको हो। मनाङको निस्याड गाउँपालिकामा पर्ने तिलिचो ताल पुग्न पर्यटक प्रायः मनाडको गन्तब्य तय गर्ने गर्छन्। मुस्ताड हुँदै तिलिचो ताल जादाँ पर्यटक लक्षित होटलहरु नहुने र पैदलयात्रासमेत असहज हुने हुँदा धेरैजसो पर्यटकले मनाङकै बाटो तय गर्ने गरेको पाईएको छ।

मुस्ताङहुँदै तिलिचो सडक विस्तार भएमा धेरै भन्दा धेरै पर्यटक तिलिचो ताल पुग्ने विश्वाश गरिएको छ भने यहाँको पर्यटन व्यवसायसमेत वृद्धि हुने अपेक्षा गरिएको छ। निलगिरि, धौलागिरि हिमाल र मुक्तिनाथको फेदीमा अवस्थित छ नमखुलेंक। जैविक विविधताको क्रिडाँ र प्राकृतिक सौन्दर्यतासंगै पर्यटकले क्षणभरमै तिलिचो ताल यात्राको भरपुर आनन्द लिन सक्नेछन्। 
तिलिचो यात्राका क्रममा पर्यटकले याकचौरीको बथान प्रत्यक्ष देख्न पाउछन्। सडक बिस्तार भई सञ्चालनमा आएमा मनाङ भन्दा मुस्ताङ हुँदै तिलिचो गन्तब्य सहज हुने अनुमान गरिएको छ। अहिले सडक सहज नहँुदा मुस्ताडबाट तिलिचो पुगेर फर्किन ४ दिन लाग्ने गर्छ। मुस्ताडबाट खाद्यान्न र बन्दोबस्तीकाम सामान घोडा खच्चडलाई बोकाएर स्थानीय तिलिचो पुगेर फर्किन्छन्। सडक बिस्तार भएमा एकदिन तिलिचो पुगेर फर्किन सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.