११ लाख नयाँ मतदाता

११ लाख नयाँ मतदाता

काठमाडौं : आगामी निर्वाचनमा ११ लाख बढी मतदाता थपिने भएका छन्। १८ वर्ष पुगेका करिब ११ लाख नयाँ मतदाता नामावलीमा नाम सूचीकृत भएको निर्वाचन आयोगले जनाएको छ। अहिले नामावली रुजु गर्ने काम भइरहेको छ। यो तथ्यांक आयोगको अनुमानभन्दा एक लाख बढी भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। आयोगले १८ वर्षमाथिका १० लाख जति मतदाता नामावलीमा सूचीकृत गराउने अनुमान गरेको थियो।

मंसिर १७ गतेदेखि १० दिन हिमाली र पहाडी जिल्लामा र १५ दिन तराईका जिल्लामा आयोगले नामावली संकलनको गरेको थियो। अहिले आगामी निर्वाचनका लागि पनि मतदाता नामावली रुजु गर्ने काम भइरहेको आयोगले जनाएको छ। इलाका प्रशासन, जिल्ला प्रशासन र स्थानीय तहमा संकलन भएको नामावलीलाई प्रत्येक जिल्लाका आयोगका कार्यालयमा रुजु गरिने सहायक प्रवक्ता अर्यालले बताए ।

चैत १५ सम्ममा मतदाता नामावली तयार गरिने बताइएको छ। माघ २४ गते सरकारले वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति तोकिसकेको छ। सहायक प्रवक्ता अर्यालका अनुसार आगामी निर्वाचनमा एक करोड ७२ लाखले मतदान गर्ने अनुमान छ। २०७४ को निर्वाचनमा एक करोड ४० लाख ७४ हजार ४२४ जनाले मतदान गरेका थिए।

मतदाता नामावली रुजुसँगै आवश्यक स्रोतसाधनको व्यवस्थापनमा पनि आयोग लागेको छ। आयोगले सरकारसँग निर्वाचनका लागि १२ अर्ब खर्च माग गरेको र आवश्यक फर्निचर, कम्प्यूटर र सवारीलगायतका वस्तु व्यवस्थापनमा पनि काम गरिरहेको अर्यालले बताए। ‘स्वच्छ र निष्पक्ष निर्वाचन गराउन हामी जुटेका छौं,’ उनले भने, ‘एक/दुई दिनमै अर्थ मन्त्रालयलाई चुनाव खर्च व्यवस्थापनका लागि हामी औपचारिक पत्र पठाउन लागेका छौं।’ 

वैशाख ३० मा ७५३ वटा स्थानीय निकायमा ३५ हजार पदका लागि निर्वाचन हुनेछ। प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र चार जना वडा सदस्य गरी सात पदका लागि चुनाव हुनेछ। विद्युतीय मेसिनबाट मतदानका लागि पनि सम्भाव्यता अध्ययन थालिएको आयोगले जनाएको छ। त्यसका लागि कार्यालय दल गठन गरिएको छ। सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।

यसपटक एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र राखिनेछ। मतदाता नामावली प्रकाशन भएपछि केन्द्र तोकिने आयोगको तयारी छ। गत स्थानीय तहको निर्वाचनमा १० हजार ६४२ मतदान स्थलमा १८ हजार ५७३ वटा मतदान केन्द्र तोकिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.