चप्पल पसलमा आगलागी हुँदा ५ जनाको मृत्यु

चप्पल पसलमा आगलागी हुँदा ५ जनाको मृत्यु

दाङ : तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता चप्पल गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ। बिहीबार मध्यराति तुलसीपुर ५ 'ङ' लाइनमा रहेको इरम फुटवेयर चप्पल गोदाम घरमा मध्यराति भएको आलगागीमा परेर ५ जनाको मृत्यु भएको दाङ प्रहरीले जानकारी दिएको छ । 

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका आगो पूर्ण रूपमा नियन्त्रणमा आएको र घरको तेस्रो र चौथो तलाबाट ५ जनाको शब निकालिएको बताए। प्रहरीका अनुसार मृतकको पहिचान हुन बाँकी छ।

आगोलाई नियन्त्रणमा लिन तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीयबासीले प्रयास गरेका थिए।विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । आगलागी भएको घरभित्र मान्छे फसे पनि धुवाँ र तातोका कारण बाहिरबाट भित्र जान सकिएको थिएन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.