जुत्ता चप्पल पसलमा आगलागी
तुलसीपुर : दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलमा आगलागी भएको छ। राति करिब पौने दुई बजेदेखि लागेको आगोलाई नियन्त्रणमा लिन तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीयबासीले प्रयास गरिरहेका छन्। अहिले केहि नियन्त्रणमा आएको भएपनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिए। आगलागी भएको घरभित्र केहि मान्छे फसेका छन्। उनीहरुसँग सम्पर्क पनि हुनसकेको छैन। धुवाँ र तातोका कारण बाहिरबाट भित्र जान नसक्दा उनिहरुको उद्धार गर्न सकिएको छैन।
प्रतिक्रिया दिनुहोस !