अवैधरुपमा चुरेक्षेत्रबाट ढुङ्गा तस्करी

अवैधरुपमा चुरेक्षेत्रबाट ढुङ्गा तस्करी

रौतहट : नेपालमा चुरेक्षेत्रका खोला तथा नदीबाट ढुङ्गा निकासी गर्न रोक लगाएको छ तर रौतहटमा भने सो कार्य रोकिएको छैन। जिल्लाको चुरे क्षेत्रमा रहेको चाँदी, हिले र सुतनी खोलाबाट टेक्टरमा ढुंगा निकासी गरेर गैडाँटारमा ठूलो परिमाणमा संकलन गरिएको छ।

राजमार्ग उत्तर चुरे क्षेत्रमा वातावरणीय प्रभाव मुल्याकन नगरी ढुङ्गा संकलन गरिएको हो। सो स्थानमा करिब एकलाख घनमिटर ढुङ्गा चुरेक्षेत्रबाट अवैधरुपमा संकलन गरी गैडाँटार नजिकै राखिएको छ।

चुरे आसपासका खोलाहरुमा ढुङ्गा संकलन गर्न कुनै निकायले अनुमती दिएको छैन। गत वर्ष चाँदी नदीमा नगरपालिकाले वातावरणिय प्रभाव मुल्यांकन गर्न खोज्दा केही व्यक्तिहरुले अवरोध गरेका थिए।

चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले कानुन भन्दा माथि केही व्यक्तिले ढुङ्गा संकलन गरेको बताउदैँ नगरपालिकाले ढुङ्गा उठाउन कुनै अनुमति नदिएको बताए। मेयर चौधरीले भने, चुरेको ढुङ्गा कानुनी घेरा भन्दा बाहिर गएर उठाइएको छ, वन कार्यालय र प्रहरी प्रशासनको मिलेमतोमा तस्करी भइरहेको छ।

चन्द्रपुर नगरपालिका-३ चाँदी नदी किनारमा हजारौ टिपर ढुङ्गा संकलन गरेर राखिएको छ। सो ढुङ्गाको विषयमा नगरपालिका, वन कार्यालय, स्थानीय प्रशासनले एकले अर्को निकायलाइ दोषी देखाउदैँ जिम्मेवारीबाट पन्छिने गरेका छन्।

डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले नियम विपरीत संकलन गरेको भन्दै स्टक गरेको ढुङ्गा रोकेको तर नगरपालिकाले यस विषयमा कदम चाल्नुपर्ने बताए।

चन्द्रपुर-३ गैडाँटारका वडा अध्यक्ष बोधनाथ देवकोटाले ढुङ्गा संकलन गरेको विषयमा वडा कार्यालयलाई जानकारी नभएको बताए। गत आर्थिक वर्षमा नगरपालिकाले २ सय ६५ वटा पूर्जी काटेको त्यस बाहेक के कसरी अहिले त्यति धेरै परिमाणमा ढुङ्गा संकलन भएको हो आफूलाइ जानकारी नभएको वडा अध्यक्ष देवकोटाले बताए।

दुई सय ६५ वटा पूर्जीको उक्त ढुङ्गाको नगरपालिकाले स्टक प्रमाणितसमेत गरेको छैन। अहिले सो ढुङ्गा व्यवसायीले रातिराति अन्यत्र लैजान थालेका छन्। रौतहटमा २०६७ सालदेखि चुरे संरक्षणका लागि विभिन्न कार्यक्रमहरु संचालनमा छन्। करौडौँ रकम संरक्षणका नाममा खर्च भएका छन्। चुरे संरक्षणको नाममा वर्षेनी करोडौँ रकम विभिन्न योजना बनाएर खर्च गरेपनि प्रभावकारी काम हुन नसकेको गुनासो बढेको छ।

केही ब्यक्तिको स्वार्थले गर्दा गैडाँटारलगायत तराइको भुभाग जोखिममा पर्दै आएको स्थानीय शंकर गौतमको भनाइ छ। चुरे क्षेत्रको ढुंगा निकासी नियन्त्रण गर्न पटकपटक आवाज उठेपनि जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला समन्वय समिति रौतहट तथा चन्द्रपुर नगरपालिकाले ठोस कदम नचालेको स्थानीयको आक्रोस छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.