मेयर साहले दर्ता गराए दरपिठविरुद्धको मुद्दा, फागुन ४ गते सुनुवाइ हुने

मेयर साहले दर्ता गराए दरपिठविरुद्धको मुद्दा, फागुन ४ गते सुनुवाइ हुने

महोत्तरी: महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिव साहले सर्वोच्चमा दरपिठ उपर रिट दायर गरेका छन्। शुक्रवार मेयर साहले आफ्नो कार्यकाल पूरा भएपछि मात्र स्थानीय तहको चुनाव हुनुपर्ने मागसहित रिट निवेदन दिएका हुन्।

तेस्रो चरणमा तत्कालीन प्रदेश २ मा स्थानीय तहको निर्वाचन भएको र सोहीअनुरुप आफ्नो कार्यकाल अझै ६ महिना बाँकी रहेको भन्दै सर्वोच्च अदालतमा स्थानीय तहको निर्वाचन स्थगन गर्न हालेको रिट निवेदनमा सर्वोच्चले दरपिठ गरिदिएपछि सोही दरपिठविरुद्ध मेयर साहले मुद्दा दर्ता गराएका हुन्।

मेयर साहले २०७४  असोज २ मा महोत्तरीमा स्थानीय तहको निर्वाचन भएकोमा वैशाख ३० गते चुनाव गर्दा धारा २१५ र २१६ अनुसारको पाँच वर्षे कार्यकाल पूरा हुन नपाउने जिकिर रिट निवेदनमा गरेका थिए। तर, सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले स्थानीय तह निर्वाचन ऐनले चुनावबारे प्रष्ट पारेकाले त्यसकै आधारमा रिट निवेदन दरपिठ गरिएको बताएका थिए। 

उनले स्थानीय तहको चुनाव जति चरण भए पनि पहिलो पटक भएको चुनावलाई आधार मान्ने कानुनी व्यवस्था भएकाले पहिलो पटक चुनाव भएका ठाउँमा पदाधिकारीले पाँच वर्षे कार्यकाल पूरा गर्ने अवस्था देखिएकाले निवेदन दरपिठ गरिएको बताएका थिए।

तर साहले यो अन्याय भएको र नेपालको संविधानले देश चल्ने भएकोले आफूले संविधानलाई टेकेर निवेदन हालेकोमा दरपिठविरुद्ध मुद्दा दर्ता गराएको बताए। सर्वोच्चले उनको मुद्दा दर्ता गर्दै आउँदो फागुन ४ गते सुनवाई गर्ने भएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.