हङकङमा फेरि कडाइ

हङकङमा फेरि कडाइ

हङकङ : हङकङमा कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनले पुनः त्रास सिर्जना गरेको छ। प्रत्येक दिन १ हजारभन्दा बढीमा संक्रमण देखिन थालेपछि सरकारले स्थानीयहरूलाई सचेत रहन आग्रह गरेको छ। आयातित कोरोना संक्रमणको संख्याभन्दा स्थानीयहरूमा संक्रमणको दर बढेपछि भयावह स्थिति सिर्जना हुन सक्ने भन्दै सामाजिक दूरीलगायत सुरक्षा मापदण्डमा कडाइ गरिएको छ। 

चिनियाँ नयाँ वर्षको बिदा सकिएलगत्तै कार्यकारी प्रमुख क्यारी लामले ओमिक्रोनसँग सामूहिक लडाइँ गर्न स्थानीयलाई प्रतिवद्ध हुन सुझाएकी छन््। 

सञ्चार माध्यमलाई सम्बोधन गर्दै लामले भनिन्, ‘छैठौं चरणको कोरोना संक्रमणमा स्थानीय व्यापारी, लगानीकर्तालाई सहजताका लागि इन्ट्री इपिडोमिक सब्सिडी स्मिकअन्तर्गत २६ बिलियन हङकङ डलरको राहत कोष खडा गरिएको छ।’ उनका अनुसार होटल, रेन्टुरेन्टहरूमा झैं धार्मिक महत्वका स्थलहरू, डिपार्टमेन्टल स्टोर, सुपर मार्केटलगायतमा समेत लिभ होम सेफ मोबाइल एप्लिकेसनमार्फत खोप र आफू प्रवेश गरेका स्थलबारे जानकारी दिनुपर्छ। 

सार्वजनिक यातायातको हकमा भने यो लागू हुने छैन। ब्युटिपार्लर, मसाज केन्द्र र धार्मिक स्थललगायत २४ फेब्रुअरीसम्म बन्द रहनेछन्। अनिवार्य कोरोना परीक्षण नगरिए जारी गरिएको ५ हजार डलर जरिवानालाई बढाएर १० हजार डलर बनाइएको छ। सरकारले कोरोनाका कारण जागिर गुमाएकाहरूका लागिसमेत प्रतिव्यक्ति १० हजार डलर राहत प्रदान गर्नेछ। 

त्यस्तै, कोरोना महामारीसँग लडिरहेका फ्रन्टलाइनर सुरक्षा गार्ड, क्लिनर, एयरपोर्ट कार्गो कर्मचारीहरूले फेब्रुअरीबाट सुरु हुनेगरी पाँच महिनासम्म प्रतिमहिना २ हजार डलर राहत रकम पाउँनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.