निर्वाचनमा नयाँ व्यवस्था

निर्वाचनमा नयाँ व्यवस्था

काठमाडौं : यसपटकको निर्वाचनमा नेपाली नागरिकले १८ वर्ष पूरा भएको भोलिपल्टै मतदान गर्न पाउने व्यवस्था गरिएको छ। नेपालको इतिहासमै पहिलो पटक यस्तो व्यवस्था गरिएको निर्वाचन आयोजले जनाएको छ।   

उक्त व्यवस्थासँगै वैशाख ३० मा हुने स्थानीय तह सदस्यको निर्वाचमा मतदाता नामावलीमा नाम समावेश भएका झण्डै २ लाख युवा पुस्ताका मतदाताले मतदान गर्न पाउने छन्। १८ वर्ष पूरा भएका नागरिकलाई मतदान गर्ने अधिकारी सुनिश्चिता २०७२ को संविधानले नै गरेको छ। ‘नेपालको निर्वाचन इतिहासमा पहिलोपटक निर्वाचन हुने दिनभन्दा अघिल्लो दिनलाई आधार मानी मतदाता उमेर पुगेका र मतदाता नामावलीमा नाम भएकाले मतदान गर्ने पाउने व्यवस्था गरेका छौं,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने।  

उनका अनुसार आगामी वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिनलाई निर्दिष्ट मिति (कट अफ डेट)मान्दा १ करोड ७९ लाख मतदाता कायम हुने अनुमान छ। आइतबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा ५ वर्षमा २५ लाख नयाँ मतदाता थपिएको आयोगले बताएको छ। 

निर्वाचन आयोगको परामर्शमा सरकारले स्थानीय तह सदस्य निर्वाचन आउँदो वैशाख  ३० गते एकै चरणमा सम्पन्न गर्ने गरी मिति घोषणा गरिसकेको छ। कानुनतः निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्यसम्पादन गर्न आयोगलाई १२० दिन आवश्यक हुन्छ। तर, माघ २४ गते स्थानीय तहको निर्वाचनका लागि मिति घोषणा गर्दा ९५ दिन मात्र निर्वाचन अवधि आयोगलाई प्राप्त भएको छ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.