नगर र वडाबाट सेवा लिन स्वास्थ बिमा अनिवार्य

नगर र वडाबाट सेवा लिन स्वास्थ बिमा अनिवार्य

अछाम: साँफेबगर नगरपालिकाले स्वास्थ बिमा कार्ड अनिवार्य गरेको छ। वडा तथा नगरबाट सेवा सुविधा लिनका लागि स्वास्थ बिमा अनिवार्य गरेको हुनुपर्ने छ। नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले आफ्नो तथा घरपरिवारको स्वास्थ्य बिमा नगरेको भए यही फागुन १५ गतेभित्र स्वास्थ्य बिमा गरिसक्नुपर्ने यदि उक्त समयावधिभित्र बिमा नगरेमा नगरपालिकाबाट प्राप्त गर्ने सबै प्रकारका सेवा सुविधा, तलब भत्ता रोकिने भएको छ। 

स्वास्थ बिमा नगरेमा सेवाग्राही नागरिकको हकमा नगरपालिका तथा वडा कार्यालयहरुबाट प्रवाह गरिने सार्वजनिक सेवा उपलब्ध गराउन नगरपालिका तथा वडा कार्यालय बाध्य नहुने निर्णय भएको नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले बताए। 

बिमा नगर्नेमा धेरै कर्मचारी र जनप्रतिनिधि पनि देखिएकाले फागुन १५को समयसिमा देखिएको र अन्य सेवाग्राहीहरुका लागी स्वास्थ बिमा गर्नका लागि सूचना जारी गरेको कुँवरले जानकारी दिए। स्वास्थ बिमाबाट प्राप्त हुने रकमले आर्थिक संकट झेलिरहेको बयालपाटा अस्पताल सञ्चालनमा सहयोग पुग्ने उनले बताए। उनले भने, ‘गत वर्ष बिमाको रकमबाट अस्पतालले ५० लाखभन्दा बढी प्राप्त गर्‍यो, अछामबासी सबै र छिमेकी जिल्लाले स्वास्थ बिमालाई जोड दिए अस्पताल सञ्चालन र गुणस्तरीय सेवा वृद्धि गर्न सकिन्छ।’

यस स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न नगरपालिकास्थित वित्तीय संस्था, आयोजना, निगम, प्राधिकरण, सुरक्षा निकाय, संघीय तथा प्रदेश कार्यालयहरु र गैरसरकारी संघ संस्थामा कार्यरत सबै कर्मचारीहरुको अनिवार्यरुपमा स्वास्थ्य बिमा गरेको कागजातको आधारमा मात्र नगरपालिका तथा वडा कार्यालयहरुबाट सेवा सुविधा प्राप्त गर्न सकिने कुँवरले जानकारी दिए। 

नगरपालिकाबाट कुनै पनि नागरिकले सार्वजनिक सेवा प्राप्त गर्दा अनिवार्यरुपमा नगरपालिकालाई कर तथा राजस्व चुक्ता गरेको कागजातका साथै अनिवार्यरुपमा स्वास्थ्य विमा गरेको कागजात पेश पनि गर्नुपर्ने छ। जेष्ठ नागरिक १२ सय ४४ जना जेष्ठ नागरिक,२५ जना अति अशक्त र अन्य गरी ४ हजार ७ सय १५ जनाले स्वास्थ बिमा गरेका छन्। नगरपालिकाको घरधुरी संख्या ६ हजार ६ सय ४७ रहेको छ। सबै घरधुरीलाई स्वास्थ बिमामा ल्याई बयलपाटा अस्पताल बिमाकै रकमबाट सञ्चालन गर्ने योजना रहेको समेत कुँवरले बताए। 

स्वास्थ्य विमामा सबै नागरिकहरुको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जेष्ठ नागरिक, गरिब घरपरिवार पहिचान अन्तर्गत अति गरिबको सूचीमा परेका घर परिवार, ‘क’ वर्गको परिचय पत्र प्राप्त अपाङ्गता भएका व्यक्ति, क्षयरोग, कुष्ठरोग, एच.आइ.भी.÷एड्स रोगको नियमित औषधी सेवन गरिरहेका व्यक्ति र महिला स्वास्थ्य स्वयंमसेविकाहरुको नेपाल सरकारले नै स्वास्थ्य विमा गरिदिने व्यवस्था रहेको छ।

स्वास्थ्य बिमा गर्नको लागि प्रति ५ जनाको परिवारलाई वार्षिक तीन हजार पाँच सय र ५ जना भन्दा माथि प्रति जना सात सयको दरले थप हुँदै जाने, विमा वापतको सुविधा ५ जना परिवारको लागि एक लाख सम्मको हुने तथा प्रति जना बिस हजारको दरले बिमा सुविधा रकम थप हुँदै जाने व्यवस्था रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.