प्रहरी हिरासतबाट बलात्कार आरोपी फरार

प्रहरी हिरासतबाट बलात्कार आरोपी फरार

महोत्तरी : महोत्तरी प्रहरीको हिरासतमा रहेका एक जना बलात्कारका आरोपी फरार भएका छन् । शुक्रबार भंगहा नगरपालिका- ७ मेघरौलबाट पक्राउ परेका औरही नगरपालिका ९ का २६ वर्षीय जितु मण्डल फरार भएका हुन् । 

लामो समयदेखि फरार रहँदै आएको मण्डल मामाघर आएको सुईको पाएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको घेराबाट भागेपछि आलोचना भइरहेको छ ।

वि.सं. २०७७ साल साउन १० गते रातिको समयमा स्थानीय एक बोल्ने नसक्ने महिलालाई स्थानीय खुर्के मुखियाको सहयोगमा मण्डलले जबरजस्ती करणी गरेका थिए ।  सो घटनापछि पीडित महिलाका पक्षले उनीहरुविरुद्ध किटानी जाहेरी दिएका थिए । सो जाहेरीपछि उनीहरु लामो समयदेखि फरार रहँदै आएको थियो । प्रहरीले तत्कालै घटनास्थलबाट यथेष्ट प्रमाणहरु समेत बरामद गरिएको थियो । करणी भएको ठाउँबाट मण्डल र मुखियाको ज्याकेट, मोबाइलसमेत बरामद गर्दा पनि प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाउन सकेका थिएन । प्रहरीले मण्डललाई पक्राउ गरेको खबरपछि पिडित परिवारमा न्यायको आस जागेको थियो ।

यस सम्बन्धमा रामगोपालपुर नगरपालिकाका वडा अध्यक्ष जितेन्द्र चौधरीका अनुसार मण्डल भागेको हो कि भगाइएको हो भन्ने विषय बुझ्न गाह्रो भएको छ । उनले भने, ‘प्रहरीले मण्डल हतकडीसहित भागेका छन् । तर हतकडी लगाइएको व्यक्ति सजिलै कसरी भाग्यो भन्नेमा विभिन्न आशंकाहरु उत्पन्न भइरहेका छन् ।' प्रहरीले हतकडीसहित भागेको दाबी गरे तापनि हतकडी भने प्रहरी कार्यालयमै रहेको छ । उनले घटनाबारे प्रहरीमाथि नै अनुसन्धान गर्न माग रहेको छ ।

बोल्न नसक्ने महिला सौच गर्न गएको बेला उखुवारीमा लगेर जबरजस्ती करणी गरेको विभिन्न प्रमाण भएपनि पीडितलाई पीडक पक्षले उजुरी गरेपछि धम्की दिँदै कुटपिटसमेत गरेको पीडित महिलाका श्रीमानले बताए । 
महोत्तरी प्रहरीले यस घटनाको सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान गर्दै आएको महोत्तरीका एसपी दिनेश आचार्यले बताएका छन् । अपराधीलाई सजाय दिलाउन प्रहरीले हदैसम्मको प्रयास गरिरहेको एसपी आचार्यले प्रतिबद्धता जनाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.