प्रेमिल सौराहा

प्रेमिल सौराहा

चितवन : प्रेम दिवसमा संधै चहलपहल हुने  सौराहामा यसपटक  पर्यटकको चाप कम थियो।  कोभिडको जोखिम कायमै रहेका कारण सौराहामा पर्यटकहरूको चहलपहल खासै देखिएन। विगत दुई वर्षदेखि थलिएको यहाँको व्यवसायलाई उकास्न व्यवसायीले यसपटक सौराहालाई ‘प्रेमिल’ बनाए।  

बेलुनले पर्यटकीय नगरी सौराहा झकिझकाउ पारियो।  पर्यटकलाई आकर्षित गर्न व्यवसायीले प्रेम दिवसलाई लक्षित गरेर विभिन्न प्याकेज ल्याए।  हरेक पटक प्रेम दिवसमा खाना महोत्सव हुन्थ्यो। कोभिडका कारण लगातार दुई वर्ष खाना महोत्सव हुन पाएन। 

यस पटक भने सौराहाका व्यवसायीले फरक तरिका अपनाएका छन्। पर्यटनलाई चलायमान बनाउन सौराहलाई बेलुनले सिंगारिएको छ। ‘हरेक वर्ष खाना महोत्सव गथ्यौं। कोभिडले महोत्सव आयोजना गर्न नपाएपछि केही फरक काम गरौं भनेर बेलुनमय बनाएका हौं’, रेवान सौराहाका अध्यक्ष नरेश गिरीले भने, ‘सौराहा खुला छ भनेर प्रेममय सन्देश दिन खोजेका हौं।’ रेस्टुरेन्ट एन्ड बार एसोसिएसन रेवानले सौराहालाई चलायमान बनाउन नयाँ कार्यक्रम ल्याएको हो। लामो समय सुनसान रहेको सौराहामा अहिले बेग्लै रौनकता थपिएको छ। कार्यक्रम संयोजक अम्बिका भट्टले विगतका वर्षमाझैं यस वर्ष पनि भ्यालेन्टाइन डेका  माध्यमबाट सौराहामा रौनक बढाउन खोजिएको बताइन्। 

‘ठूला कार्यक्रम नगरे पनि सौराहमा पर्यटक आकर्षित गर्न यो प्रयास गरिएको हो’, उनले भनिन्। प्रेम दिवसका अवसरमा सौराहाको घण्टाघर चोकदेखि राप्ती किनारसम्म सजिसजाउ गरिएको थियो। जनजातिको झाँकीसहित साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। ‘यस्ता कार्यक्रमले पर्यटन क्षेत्र उकास्न टेवा पुग्छ भन्ने लागेको छ’, पर्यटन व्यवसायी रामकुमार अर्यालले भने। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.