विराटनगरमा चुनावी सरगर्मी बढ्दै, प्रमुख पार्टीमा नै बढी आकांक्षी

विराटनगरमा चुनावी सरगर्मी बढ्दै, प्रमुख पार्टीमा नै बढी आकांक्षी

विराटनगर : प्रदेश १को एक मात्र महानगरपालिका विराटनगर महानगरपालिमा चुनावी सरगर्मी बढ्दै गएको छ। स्थानीय तहको निर्वाचनको मिति घोषणा संगै प्रमुख दलहरुमा प्रमुख र उपप्रमुखका आकांक्षीहरु धेरै भएका छन्।

कांग्रेसले गत वर्षको निर्वाचनमा प्रमुख र उपप्रमुख पदमा सानदार विजय प्राप्त गरेपछि कांग्रेसमा यस पटक धेरै आकांक्षी भएका हुन्। आकांक्षीहरुले वडा र टोलस्तरमा बिहान तदातालाई भेट्न घुम्न थालेका छन्। कतिपय पार्टीले पार्टीका सम्पर्क कार्यालयसमेत खोल्न थालेका छन्।

नेपाली कांग्रेसका भिम पराजुली प्रमुख र उपप्रमुखमा ईन्दीरा कार्की निर्वाचित भएको विराटनगर महानगरपालिकामा कांग्रेस, नेकपा  एमाले, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी)का आकांक्षी भएका छन्। यद्यपी कांग्रेसले हाल उम्मेदवारको कुनै मापढण्ड तोकेको छैन। कांग्रेसका उपसभापति नागेश कोईरालाले पार्टी भित्र राम्रो काम गरेका र लोकप्रिय भएकालाई उम्मेदवार बनाउने योजना रहेको बताए।  

कांग्रेसमा विराटनगर महानगरपालिकाका वर्तमान मेयर भीम पराजुली, कांग्रेसका मोरङ उपसभापति नागेश कोइराला र  विराटनगर नगरसभापति दीपक चापागाईं, रञ्जित झा, अरुण गुप्ताले टिकटमा दाबेदारी प्रस्तुत गरेका हुन्। केन्द्रीय सदस्य अमृत अर्याल र डिला सङ्ग्रौलाले पनि मेयरमा उठ्ने इच्छा देखाएका छन्।

विराटनगरका मेयर तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पराजुलीले यसअघि नै आफू मेयरको दाबेदार रहेको र पार्टीले टिकट दिए पुन उम्मेदवार बन्ने सार्वजनिक कार्यक्रममा नै इक्छा व्यक्ति गरेका छन्।  

कांग्रेसका मोरङ उपसभापति नागेश कोइराला आफू एक सय १० प्रतिशत मेयरको उम्मेदार बन्ने बताए। तरुणदलको १३ वर्ष सभापतिसंगै कांग्रेसको ५ वर्ष कोषध्यक्षसंगै ५ वर्ष सचिव भएर उपसभापति भएको अवस्थामा आफै नै प्रमुख दावेदार भएको उनले दावी गरे। कति त्याग गर्ने उनले भने–‘अब मेरो पालो हो। ‘कार्यकर्ताले पनि आफूलाई नै चाहेकाले टिकट पाउने बताए।  

नगर सभापति दीपक चापागाईं नगर सभापति मेयरको उम्मेदवार बन्ने परम्परा कांग्रेसमा भएकाले आफ्नो विकल्प नभएको उनले बताए। ईनरुवा, धरान र विराटनगर महानगरपालिमासमेत नगर सभापतिले नै मेयरको टिकट पाए उनले भने–‘यसपटक  म नगर अध्यक्ष भएकाले आफू नै प्रमुख दावेदार हुँ। ‘उनले केन्द्रीय सदस्य र मन्त्री बन्ने लाईनमा रहेका पनि आकांक्षी देखाउने गरेको बताउदै उनले भने–‘उहाँहरु संघीय र प्रदेशको राजनीतिमा जानुहुन्छ। 

‘नेकपा एमालेका अध्यक्ष ऋीसिकेश पोखरेलले इक्छा देखाउदैँमा टिकट नपाउने बताए। जनताले रुचाएको जनभावना र प्रतिस्पर्धी हेरेर जित्नेलाई पार्टीले मेयरको उम्मेदवार बनाउने बताए। यद्यपी एमालेबाट बाबुराम कार्की र सागर थापाले मेयरको आकांक्षीकोरुपमा अघि बढेका छन्। 

आकांक्षा देखाएर टिकट पाउने परम्परामा एमाले अब छैन उनले भने-‘जनभावना अनुसार टिकट पाउने छ। ‘नेकपा (एकीकृत समाजवादी)ले हालसम्म उम्मेदार बनाउने कुनै मापढण्ड नबनाएको जनाएको छ। सो पार्टीबाट महानगर ईन्चार्ज महेश रेग्मी र जिल्लाका प्रवक्ता वासिम आलमको चर्चा रहेको छ। 

वासिम निरन्तररुपमा महानगरभित्र विपन्न वर्गलाई खाना खुवाउने र न्यानो लुगा वितरण लगायता जनलक्षित कार्यक्रम गर्ने काम गरिहेका युवाहरु लोकप्रिय भएकाले उनको प्रवल दावेदारी रहेको छ। त्यस्तै जसपामा पनि आधा दर्जन आकांक्षी देखिएका छन्। गत वर्षको निर्वाचनमा जसपाका उम्मेदवार उमेश यादवले अध्यधिक मत ल्याएर पनि बदरका कारण पराजय भोगेको थियो।

यस पटक पनि प्रवल दावेदारी प्रस्तुत गरेका छन्। उनले निरन्तररुपमा टोलटोलमा घरदैलो गर्दे आएका छन्। त्यसैगरी जसपाबाट नगर अध्यक्ष अमरेन्द्र यादवले पनि मेयरमा आकांक्षा देखाएका छन्। यादवद्वयसंगै भरत दहाल र भुराज रायले पनि मेयरमा इक्छा देखाएको जसपाले जनाएको छ।

जसपाका जिल्ला अध्यक्ष राजकुमार यादवले हालसम्म केन्द्रीय कमिटीले कुनै सर्कुलर नपठाएकाले उम्मेदवार बनाउने बारे कुनै बहस पार्टी भित्र नचलेको बताए। नेकपा माओवादी केन्द्रले समाजमा लोकप्रिय भएको र जित्न सकिनेलाई उम्मेदवार बनाउने जनाएको छ। सो पार्टीमा भोगेन्द्र यादव प्रवल दाबेदारकोरुपमा रहेका छन्। 

प्रदेश सचिव सुशिल उप्रेतीले यादवसंगै नम्रता न्योपाने र नविन पौडेलले पनि उम्मेदवार बन्ने ईक्छा देखाएको जानकारी दिए। गत वर्षको निर्वाचनमा यादव एक महिनाभन्दा बढी चुनावी प्रचार गरिसकेपछि जसपासंग चुनावी तालमेल हुँदा पछि हटेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.