तेह्रथुममा 'तिमी कस्को...?'

तेह्रथुममा 'तिमी कस्को...?'

तेह्रथुम : सुदूरपूर्वी जिल्ला तेह्रथुममा चलचित्रहरु छायांकन हुने क्रम बढ्दो छ। जसले गर्दा यस क्षेत्रको पर्यटन प्रर्वद्धनमासमेत टेवा पुगेको छ। भर्खरै मात्र जिल्लाको पर्यटकीय क्षेत्रमा नेपाली कथानक चलचित्र ‘तिमी कस्को? को छायांकन भएको छ।

गत माघ १९ देखि सुरु भएको छायांकन कार्य अन्तिम चरणमा पुगिसकेको छ। चलचित्र 'तिमी कस्को..?' तेह्रथुमको पर्यटकीयस्थल तिनजुरे, बसन्तपुर बजार, लालीगुराँस नगरपालिकाको काँडे, सुजेपु तिनछाँगे झरना, चोःलुङ पार्क लगायत विभिन्न स्थानहरूमा छायांकन भएको छ। तेह्रथुममा ८० प्रतिशत र काठमाडौं लगायतका स्थानमा २० प्रतिशत छायांकन हुने भनिएको यो चलचित्र स्थानीय क्षेत्रको पर्यटन र स्थानीय कलाकारको प्रवद्र्धन गरिने चलचित्रका निर्माता तथा निर्देशक जिवन श्रेष्ठले बताऐ। ‘गुमनाममा रहेका पर्यटकीय स्थलहरुको प्रचार प्रसार हुदा यहि क्षेत्रको समृद्धी हुन्छ’ उनले भने।

यस चलचित्रमा नायक प्रदीप गिरी, अर्जुन थापा, टेकेन्द्र न्यौपाने, स्वहन प्रतापसँगै हर्षिका श्रेष्ठ, रिया श्रेष्ठ र प्रीतिका शर्मालगायत कलाकारको अभिनय रहेको छ। तेह्रथुमको पर्यटन प्रवर्द्धन गर्ने प्रमुख उद्देश्यसहित लालिगुराँस नगरपालिका क्षेत्रमा छायांकन गरिएको चलचित्रमा स्थानीय जनजीवनलाई चलचित्रमा समेटेर स्थानीय कलाकारलाई प्राथमिकता दिइएको छ। पर्यटकिय क्षेत्रमा छायांकन गर्न पाउदा कलाकारहरुसमेत उत्साहित भएको काठमाडौँ देखि आएका कलाकार प्रदिप गिरीले बताए। ‘यो ठाँउमा आउन पाउँदा अत्यन्तै खुशी लागेको छ’ उनले भने ‘जीवनमा पहिलोपटक प्रत्यक्ष हिँउ खेल्न पाउँदा स्वर्गिय आनन्द प्राप्त भएको छ।’

देव महर्जनको द्वन्द्व निर्देशनमा निर्माण हुने यस चलचित्रको अन्य कलाकारहरूमा लक्ष्मीनाथ तिम्सिना, टिआर सेनेहाङ, चन्दा कुरूम्बाङ, रविकिरण लिम्बू, तिला पोखरेल, अमृत बास्तोला, शिखा लिम्बू, दिलकुमार लिम्बूलगायत छन्। बाल कलाकारमा सेक्फुङ लिम्बू, सेमी लिम्बू, सुम्जिरी पाक्साँवा, जोसेफ शंखर छन्। चलचित्रमा आकाश अकुले संगीत दिएका छन्। कल्पेस ओझिलको शब्दमा सचिन राई र अन्नु चौधरीले स्वर दिएका छन्। सुरेन लिम्बू र प्रकाश पाक्साँवाको छायांकनमा भएको चलचित्रको कथा जीवन श्रेष्ठले लेखेका हुन्। चलचत्रिमा अर्जुन थापाको पटकथा र संवाद रहेको छ भने गायित्री पाण्डेको श्रृंगार रहेछ। यो क्षेत्रमा कार्य गर्नु पाउँदा आनन्द तथा सन्तुष्ट महसुश गरेको कलाकार अर्जुन थापाले बताए।

चलचित्रको च्यारेटी सोबाट संकलित रकमको २५ प्रतिशत लालिगुराँस नगरपालिका–९ सोल्मा काडेका मृगौला पीडित सुमन लिम्बूको उपचारमा सहयोग गरिने निर्देशक श्रेष्ठले बताए। २४ वर्षीय मृगौला पीडित लिम्बू घोपा क्याम्प धरानमा उपचाररत छन्। चलचित्रको नयाँ वर्ष २०७९ को पहिलो दिनमा रिलिज गरिने तयारी रहेको निर्माण पक्षले जनाएको छ।

१.सम्बन्धीत फोटोहरु पनि छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.