मुस्ताङको सेताम्मे हिउँमा चौथो राष्ट्रिय स्की च्याम्पियनसीप

मुस्ताङको सेताम्मे हिउँमा चौथो राष्ट्रिय स्की च्याम्पियनसीप

जोमसोम : हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-१ रानीपौवाको सेताम्मे हिउँमा चौथो राष्ट्रिय स्की च्याम्पियनसीप-२०२२ सम्पन्न भएको छ। नेपाल स्की एशोसियसनको आयोजनामा स्की च्याम्पियनसीप सम्पन्न भएको हो।

स्की एशोसियनले सन् २०१७ देखि वर्षेनी राष्ट्रिय स्की च्याम्पियनसीप आयोजना गर्दैआईरहेको छ। कोरोना कहरका कारण स्की एशोसियनले त्यसपछि लगातार दुई वर्ष च्याम्पियनसीप सञ्चालन गर्न सकेको थिएन। कोरोना जोखिम न्युनिकरण हुँदै गईरहेको र नागरिकले कोरोना विरुद्ध खोप लगाईसकेकाले स्की एशोसियसनले यसवर्ष मुस्ताङमा चौथो राष्ट्रिय स्की च्याम्पियनसीप आयोजना गरेको हो।
मुक्तिनाथको सेताम्मे हिउँमा स्की खेलाडीलाई तालिम अभ्यास तथा च्याम्पियनसीप मार्फत प्रतिस्पार्धा गराईएको हो। पर्यटनको विकास र स्की खेलको प्रर्वद्धन गरी दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले च्याम्पियनसीप तथा अभ्यास गरिएको थियो। मुस्ताङमा गत शुक्रबारदेखि लगातार ४ दिनसम्म खेलाडीहरुलाई अभ्यास गराईएको थियो भने मंगलबार स्की अल्पाईन तर्फ पुरुष र महिलाबीच अलग—अलग प्रतिस्पर्धा गराईएको थियो। 

चौथो राष्ट्रिय स्की च्याम्पियनसीप अन्तर्गत मंगलबार भएको अल्पाईन स्की पुरुषतर्फ काठमाण्डौँका साहसराम श्रेष्ठ च्याम्पियन बने। धनगढीका दिनेश कुमार बोहरा दोश्रो र सोलुखम्बुका छिरिङ तेन्जिन गुरुङ तेश्रो भए। 

यस्तै अल्पाईन स्की महिलातर्फ नुवाकोटकी संगिता लामा पहिलो हुँदै च्याम्पियन बनीन्। ललितपुरकी देबोटा तिमाल्सिना दोश्रो र धनकुटाकी लक्ष्मी राई तेश्रो भईन्। प्रतियोगिताका पुरुष र महिला खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्दराज बैध, नेपाल स्की एशोसियनका कोषाध्यक्ष जितेन्द्र श्रेष्ठ, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकी उपाध्यक्ष ढिकी गुरुङ र पर्यटन व्यवसायी सुरज गुरुङ लगायतले विजेता खेलाडीलाई खाँदा र प्रमाणपत्रले सम्मान गरेका थिए। 

चौथो राष्ट्रिय स्की च्याम्पियनसीपमा सिनियर र जुनियर गरी ३१ जना खेलाडीको सहभागी रहेको थियो। स्की अभ्यासमा भने मुक्तिनाथ केही स्थानीयले स्की अभ्यासमा भाग लिएका थिए। स्की एशोसियनले च्याम्पियनसीप र तालिम सञ्चालनका लागि ४ जना प्रशिक्षक र दुई जना अफिसियलको ब्यवस्थापन गरेको थियो। मुक्तिनाथमा लगातार ५ दिन सम्म सञ्चालन भएको स्कीमा स्थानीय बासिन्दाहरुले स्की खेल अवलोकन गरेका थिए।

मुस्ताङमा स्की खेलको भविष्य उज्वल रहेको नेपाल स्की एशोसियनका महासचिव बिजय श्रेष्ठले बताए। स्की खेल हिउँसंग सम्बन्धित खेल रहेकाले एशोसियनले वर्षेनी स्की च्याम्पियनसीप गर्दै आईरहेको उनले उल्लेख गरे। 

मुस्ताङको मुक्तिनाथक्षेत्रमा झन्डै दुईसय मिटरको दुरीमा अल्पाईन स्की खेलाईएको थियो भने त्यसका साथमा क्रस कन्टी स्कीको अभ्यास गराइएको थियो। नेपाल स्की एशोसियसनले स्कीमा सहभागी सिनियर खेलाडीलाई आउँदो फेब्रुअरी २२ तारिखमा च्याम्पियनसीपका लागि एक प्रशिक्षक र ४ जना खेलाडीलाई लेवनान पठाउने तैयारी स्की एशोसियसनले गरेको छ। 

मुस्ताङमा स्की खेलको प्रर्वद्धन र विकास गर्न सके यहाँको बेमौसमे ब्यापार घाटा पूर्ती गर्न सकिने अनुमान गरिएको छ। हिउँदयाममा अत्यधिक चिसो र हिमपात हुने हुँदा मुस्ताङको पर्यटन ठप्प हुने गर्छ। मुक्तिनाथमा स्की पूर्वाधार निर्माण हुन सकेमा यहाँको हिउँदै पर्यटकले गति लिनसक्ने छ। हिमालको नामले चिनिएको नेपालमा हिउसँग खेलिने खेलको थुप्रै सम्भावना भएपनि यसको विकासमा सरकारले कुनै चाँसो दिन नसक्दा स्की खेलपछि पर्न पुगेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.