पन्ध्र वर्षपछि पूरा हुँदै गुल्मेलीको जहाज चढ्ने सपना

पन्ध्र वर्षपछि पूरा हुँदै गुल्मेलीको जहाज चढ्ने सपना

बुटवल : रेसुंगा नगरपालिकाको सिमिचौरमा निर्माणधिन विमानस्थलको काम अन्तिम चरणमा पुगेको खबरले काठमाण्डौँमा बस्ने तम्घासकी चन्दा घिमिरेको मन खुसीले प्रफुल्ल छ। बान्ता हुनेभएपछि बस, जीप र कारमा उनी यात्रा गर्नै सक्दिनन्। चाडपर्वमा घर, माइती जान उनलाई पहाड फोरेजस्तै हुन्छ। त्यसैले उनी दुई/तीन वर्षको अन्तरमा घर, माइत जाने गर्छिन्।

‘विमानस्थल कहिले पूरा हुनेहोला भनेर कुरिरहेका थियौँ’, उनले भनिन्, ‘२०७९ वैशाखदेखि संचालन हुने खबरले मनमा खुसी छाएको छ।’ उनले आफूजस्ता धेरै नागरिकहरुलाई काठमाण्डौँदेखि गुल्मी पुग्नका लागि विमानस्थले सहज बनाउने आशा व्यक्त गरिन्। नियमित उडान गराउन समेत उनले सरोकारवाला निकायलाई सुझाव दिइन्। नियमित उडानपछि वर्षैपिच्छे घर आउने उनको चाहना छ।

उनको जस्तै धेरै गुल्मेलीहरुको जहाज चढ्ने सपना १५ वर्षपछि पूरा हुँदैछ। तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री एवं गुल्मी क्षेत्र नम्वर १ का सांसद् प्रदीप ज्ञवालीले ०६३ सालमा विमानस्थलको शिलन्यास गरेका थिए। ज्ञवालीकै पहलमा विमानस्थलका लागि बजेट परेको थियो। यसको निर्माणले यसपाली पूर्णता पाउने भएको छ। 

२०७५ सालमा विमास्थलमा टुइनेटर विमानको परिक्षण उडान सफल भएको थियो। परिक्षण उडान सफल भएलगत्तै गुल्मेलीहरुमा खुशीयाली छाएको हो। यस विमानस्थल गुल्मीको पहिचानसँग जोडिएको छ। पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल रेसुंगा, रिडीको पर्यटन प्रवद्र्धनमा यसले महत्वपूर्ण भूमिका खेल्ने आशा गरिएको छ। 

निर्माणको काम हालसम्म ९० प्रतिशत पूरा भइसकेको रेसुंगा विमानस्थल आयोजना प्रमुख सञ्जीव खड्काले जानकारी दिए। उनका अनुसार विमानस्थलको धावनमार्ग र टर्मिनल भवनको काम अन्तिम चरणमा पुगेको छ। बाँकी रहेको १० प्रतिशत काम बढीमा तीन दिनमै पूरा हुने उनले बताए। निर्माणको काम सकिएपछि कर्मचारी व्यवस्थापन र कार्यालय व्यवस्थापनको काम शुरु हुने उनको भनाई छ। ‘आउँदो वैशाखदेखी नियमित उडान गर्ने गरी कामले तिव्रता पाएको छ’,खड्काले भने,‘कोभिडले गर्दा केही समय कामले निरन्तरता पाएन्, अब काम रोकिदैन्।’

विमानस्थलको लम्वाई ५ सय २० मिटर र चौडाई २० मिटर छ। एकैपटक दुई वटा जहाज पार्किङ गर्न मिल्ने गरी (पार्किङ एप्रोन)को समेत व्यवस्था गरिएको छ। १ सय ७८ रोपनी क्षेत्रफल जग्गामा विमानस्थल निर्माण गरिएको छ। यसमध्ये ७८ रोपनी क्षेत्रफल जग्गा विभिन्न व्यक्तिहरुको हो। १४ घरपरिवारलाई मुआब्जा दिएर अन्यत्र स्थानातरण गरिएको आयोजना प्रमुख खड्काले जानकारी गराए। उनका अनुसार हालसम्म विमानस्थल निर्माणका लागि झण्डै २८ करोड रुपैयाँ खर्च भैसकेको छ।

नियमित उडानपछि गुल्मीसँगै छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान, बाग्लुङ, पाल्पा र रोल्पाका नागरिकहरुले लाभ लिनेछन्। जिल्लाको समग्र अर्थतन्त्रमा विमानस्थले विशेष भूमिका खेल्ने गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले प्रतिक्रिया दिए। ‘जिल्लामा स्वास्थ्य,शिक्षा। पर्यटनलाई प्रत्यक्ष फाईदा पुग्छ,’उनले भने,‘स्वास्थ र शिक्षाका राम्रा संस्थाहरु भित्रिने छन्।’भलामीका अनुसार जिल्लामा लगानीको ढोका खोल्न समेत विमानस्थलले महत्वपुर्ण भुमिका खेल्नेछ। यसका साथै गाउँगाउँमा पर्यटनका प्रशस्त संभावना छन्, रिडी र रेसुंगाको प्रवद्र्धनमा थप इटा थपिने छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.