नेपालका लागि पूर्वबेलायती राजदूत मोरिसले आत्महत्या गरेको निष्कर्ष

नेपालका लागि पूर्वबेलायती राजदूत मोरिसले आत्महत्या गरेको निष्कर्ष

काठमाडौं : नेपालका लागि पूर्वबेलायती राजदूत रिचर्ड मोरिसले आत्महत्या गरेको खुलेको छ ।

सन् २०१५ देखि ०१९ सम्म नेपालमा राजदूत रहेका ५२ वर्षीय मोरिस नेपालबाट फर्केपछि मे २०२० मा बेलायतको ह्याम्पशायरबाट हराएका थिए । उनको शव चार महिनापछि बेन्ट्ली ह्याम्पशायरस्थित घरनजिकै फेला परेको थियो ।

घटनाबारे भएको न्यायिक जाँचपछि अदालतले मोरिसले आत्महत्या गरेको ठहर गरेको बीबीसीले जनाएको छ ।

बेलायतको कोभिडसम्बन्धी सरकारी कार्यदलमा कार्यरत रहेको अवस्था बेपत्ता भएका मोरिसले गम्भीर र निरन्तर तनाव बेहोरेपछि आत्महत्या गरेको सरकारी अधिकारीहरुको भनाइ छ ।

न्यायिक जाँचमा मोरिसकी श्रीमती एलिसन मोरिसले पनि कोभिड १९ संक्रमणको पहिलो लहरमा दबाबका बीच काम गरेको बताएकी छन् । यसका आधारमा अदालतले मोरिस गम्भीर तनावमा रहेको र ज्यान दिएको निष्कर्ष निकालेको हो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.