रणभूमि बन्यो बानेश्वर

रणभूमि बन्यो बानेश्वर

काठमाडौं : बानेश्वर क्षेत्र बुधबार तनाव ग्रस्त बन्यो। प्रदर्शनकारीले संघीय संसद् भवनलाई चारैतिरबाट घेरे। संसद्मा अमेरिका सहयोग परियोजना (एमसीसी) टेबल गर्ने माहोल थियो। त्यसविरुद्ध सत्ता पक्ष नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित अन्य विपक्षी ६ दलले प्रदर्शन गर्‍यो। 

प्रदर्शनकारीले निषेधज्ञा क्षेत्र तोड्दा प्रहरी र उनीहरूबीच झडप भयो। प्रहरीले पानीको फोहोरालगायत अश्रुग्याससमेत प्रहार गर्‍यो। प्रदर्शनकारीले जवाफमा प्रहरीमाथि इँटा, ढुंगा वर्षाए। हेर्दाहेर्दै बानेश्वर क्षेत्र रणभूमि मैदानमा परिणत भयो। आन्दोनमा सत्ता पक्ष माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसमेत सडकमा आए।

संसद् भावन अगाडिबाट प्रहरीले एक सय जनालाई प्रदर्शनकारीलाई नियन्त्रणमा लियो। त्यस्तै, एमसीसीविरुद्ध प्रदर्शन गरेका र बन्द गराउन हिँडेका १५३ जनालाई काठमाडौं उपत्यकाबाट पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता सन्तोषसिंह राठौरले बताए। ‘संसद् भवनअघिको निषेधित क्षेत्र आन्दोलनकारीले तोडे। अवस्था नियन्त्रणमा लिन पानीको फोहोरा हान्नुपर्‍यो,’ उनले भने, ‘प्रहरीमाथि आन्दोलनकारीले ढुंगामुढा प्रहार गर्दा डीएसपीसहित १५ जना प्रहरी घाइते भए। त्यसपछि अवस्था नियन्त्रण लिन १० सेल अश्रुग्यास प्रहार भयो।’ उनका अनुसार झडपमा २ जना प्रदर्शनकारी  घाइतेसमेत भएका छन्। 

संघीय संसद् भवन प्रवेश गर्ने १ नम्बर गेट अगाडि प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरीसँग घम्साघम्सी भएको हो।। प्रदर्शनकारी ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘राष्ट्रघाती एमसीसी सम्झौता फिर्ता गर’ भन्दै चर्को नाराबाजीसहित प्रदर्शनमा उत्रिएका थिए। 

प्रदर्शनमा नेत्रविक्रम चन्द, मोहन वैद्य, विश्वभक्त दुलाल नेतृत्वको पार्टी, सत्तारुढ नेकपा (माओवादी केन्द्र) का विद्यार्थी संगठन, युवा संगठन, राप्रपालगायत दल र मोर्चाका नेता तथा कार्यकर्ताको उपस्थिति थियो। प्रदर्शनमा उत्रिएका  २४२ जनालाई देशभरिबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.