बम पड्काउन खोज्ने नौ जना पक्राउ

बम पड्काउन खोज्ने नौ जना पक्राउ

झापा : भूमिगत संगठनका नाममा सार्वजनिकस्थलमा प्रेसर कुकर बम राखेको अभियोगमा झापा प्रहरीले एकजना महिलासहित नौ जनालाई पक्राउ गरेको छ। झापाको प्रमुख व्यापारिक सहर बिर्तामोड र दमक लगायतका स्थानमा बम पड्काउन खोजेको अभियोगमा उनीहरु समातिएका हुन्। 

पक्राउ पर्नेमा झापा गौरादहका सुमन कार्की र प्रदीप थापा, कनकाई नगरपालिकाका भीष्म थापा र यमदत्त सिटौला, दमककी देवी बास्कोटा, शिवसताक्षीका सरुण लिम्बू, सुन्दर हरैँचा मोरङका मनमोहन दाहाल, झापा गौरीगञ्जका अनन्तप्रसाद गिरी र विजयकुमार दास रहेका छन्।

अभियुक्तले हिमाल सुरक्षा परिषद्का नाममा झापा, मोरङ र सुनसरीमा चन्दा उठाउने, जवरजस्ती असुली गर्ने र बम राख्ने लगायतका काम गर्दै आएको झापा प्रहरीका प्रमुख एसपी विश्वमणि पोखरेल बताए।

‘प्रदेश प्रहरी कार्यालय समेतको सहयोगमा उनीहरु समातिएका हुन्’, अभियुक्त सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एसपी पोखरेलले भने, ‘पक्राउ परेकामध्ये केही आपराधिक पृष्ठभूमिका छन्।’ जेलबाट निस्किएर पनि उनीहरुले फेरि आपराधिक बाटो समाएको एसपी पोखरेल बताउँछन्। 

प्रहरीका अनुसार पक्राउ परेकामध्ये गौरादहका कार्की घटनाका मुख्य योजनाकार हुन्। वैदेशिक रोजगार मुद्दामा २२ महिना जेल बसेर निस्किएका कार्कीलाई लागूऔषध ब्राउन सुगरको अर्को मुद्दामा प्रहरीले खोजी गरिरहेको थियो। घटनाका अर्का आरोपी लिम्बू लागूऔषध मुद्दामा पाँच वर्ष जेल बसेर निस्किएको प्रहरी अनुसन्धानमा खुलेको छ। 

अभियुक्तको समूहले माघ ९ गते झापाको बिर्तामोडस्थित पश्चिम बस स्टेण्ड र माघ १३ गते दमकको सिवान चर्चमा प्रेसर कुकर बम विष्फोटको प्रयास गरेको थियो। उनीहरुले भारतीय क्षेत्रमा बसेर योजना बनाउनुका साथै सीमावर्ती क्षेत्रमा आफ्ना गतिविधि गर्ने गरेको पनि प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.