बहुमुखी क्याम्पस स्थापनाका लागि मुख्यमन्त्रीलाई ज्ञापनपत्र
ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिकामा बहुमुखी क्याम्पस स्थापनाका लागि मधेश प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ। मिथिला नगर युवा संजालका पदाधिकारी तथा युवाहरुले बहुमुखी क्याम्पस स्थापनाका लागि मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएका हुन्।
नगरभित्र स्नातक र स्नातकोत्तर स्तरको पढाइ नहुँदा प्रत्येक वर्ष नगरभित्रका अुमानित एकहजार विद्यार्थी उच्च शिक्षा पाउनबाट बञ्चित भइरहेको भन्दै उनीहरुले मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएका छन्। नगरपालिका भरिमै कुनैपनि स्नातक र स्नातकोत्तरस्तरको शिक्षण संस्था नभएकोले नगरका अधिकांश छोरी चेलीहरुले माध्यमिक शिक्षामै आफ्नो अध्ययनलाई सिमित गनुपर्ने बाध्यता रहेको संजालका अध्यक्ष राजुकुमार सिंहले बताए।
मुख्यमन्त्री राउतलाई बुझाइएको ज्ञापनपत्रमा प्रदेश सरकारको लोकप्रिय कार्यक्रम ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान पनि नारामा मात्र सिमित भएर नगरवासीले व्यवहारमा फितलो महसुस गरेको उल्लेख गरिएको छ।
उनीहरुले प्रदेश सरकार वा स्थानीय सरकारको मातहातमा आवश्यक ऐन नियम बमोजिम मिथिला नगरपालिका क्षेत्रभित्रमा कम्तिमा विज्ञान, वाणिज्य र शिक्षा संकायको अध्ययन अध्यापन हुनेगरि एक राष्ट्रिय स्तरको बहुमुखी क्याम्पस÷कलेज स्थापना गरिदिन मुख्यमन्त्री राउतसमक्ष माग गरेका छन्।