गौतमबुद्धमा क्यालिब्रेसन उडान

गौतमबुद्धमा क्यालिब्रेसन उडान

भैरहवा : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण (क्यालिब्रेसन) उडान सुरु भएको छ। आईसीबी टु आयोजनाअन्तर्गत एरो नोटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई)का प्राविधिकसहितको विशेष विमानमार्फत शुक्रबारदेखि परीक्षण उडान भइरहेको छ। 

विमान बिहीबार थाइल्यान्डबाट भैरहवा आएको थियो। १० दिनसम्म यान्त्रिक परीक्षण उडान हुनेछ। विमानस्थल नियमित सञ्चालनअघि जडान गरिएका सञ्चार उपकरण परीक्षणका लागि क्यालिब्रेसन उडान गर्नुपर्ने हुन्छ। कम्युनिकेसन, नेगिभेसन र सर्विलान्स चेकजाँच गरी विमानस्थलबाट उडान योग्य रहे, नरहेको रिपोर्ट आउनेछ। र, सोहीअनुसार थप प्रक्रिया अघि बढ्ने आईसीबी टुका आयोजना प्रमुख प्रवीण न्यौपानेले बताए। 

विमानको दिशा र दूरी जाँच गर्ने यन्त्रको परीक्षण गरिएको न्यौपानेले बताए। विमानले शुक्रबार नवलपरासीको बर्दघाट, कपिलवस्तुको धनकौली, लुम्बिनी, मर्चवारलगायत क्षेत्रको आकाशमा घण्टौंसम्म उडान भरेको थियो। न्यौपानेका अनुसार सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच भइरहेको छ। यसका लागि पाइलट, को–पाइलटसहित सात जना विमानमा खटिएका छन्। विमानस्थललाई केन्द्रित गरेर हुने उडानका क्रममा  एन्टिना, सिग्नल रिसिभ, लाइटिङ, कम्युनिकेसनलगायत सबै सूचना ठीक छ, छैन भनी परीक्षण हुनेछ। यसलगत्तै नेपाल एयरलाइन्सको बोइङ विमानमार्फत विमानस्थलको परीक्षण गरिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। त्यसपछि अधिकतम ५६ वा न्यूनतम ४२ दिनपछि नियमित उडान गरिने प्राधिकरणको भनाइ छ। 

‘यसलाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा मान्यता दिलाउनका लागि क्यालिब्रेसन उडान हाम्रो लागि पहिलो पाइला हो,’ विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले भने, ‘२०७९ जेठ २ गते बुद्ध जयन्तीका दिन सञ्चालन गर्ने लक्ष्य राखेका छौं।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.