भैरहवा विमानस्थल पुगेर पर्यटन मन्त्रीले भने, ‘न्यू इअर वीथ न्यू एअरपोर्ट’

भैरहवा विमानस्थल पुगेर पर्यटन मन्त्रीले भने, ‘न्यू इअर वीथ न्यू एअरपोर्ट’

भैरहवा : संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा केही दिनमा नेपाल एअरलाइन्सको वाइडबडी विमानमार्फत परीक्षण उडान गर्ने बताएका छन्।निर्माण सम्पन्न भएको विमानस्थलको शनिबार निरीक्षण गर्न पुगेका मन्त्री आलेले यान्त्रिक परिक्षणका लागि खटिएका थाइल्याण्डका प्राविधिक टोलीसँग जानकारी लिएका थिए।

‘तोकिएको मिति अगावै हामीले क्यालिब्रेसन फ्लाइट सुरु गरेका छौँ’ निरीक्षणपछि पत्रकारहरुसगँ कुराकानी गर्दै उनले भने,‘अब क्यालिब्रेसन फ्लाइट सकिएपछि १०–१२ दिनमा नेपाल एअरलाइन्सको वाइडबडी विमानबाट टेष्ट फ्लाइट (परीक्षण उडान) गर्छौँ।’

उनले परीक्षण उडानपछि विमानस्थलको उद्घाटन गरिने बताए। क्यालिब्रेसन रिपोर्ट आएपश्चात बैशाख १ गते ‘न्यू इअर वीथ न्यू एअरपोर्ट’ को शुभारम्भ गरिने उनले बताए।

त्यस्तै उनले विमानस्थलले यात्रुको चाप धान्न नसक्ने दावी गर्दै थप अर्को टर्मिनल भवन निर्माणको लागि टेण्डर प्रक्रिया अगाडि बढाइने बताए। मन्त्री आलेले एअर रुट परमिटको स्विकृतीका लागि भारतलाई आग्रह गरिएको र छिट्टै स्विकृती पाइने विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.