क्रसबोर्डर प्रदूषण ‘भयानक’

क्रसबोर्डर प्रदूषण ‘भयानक’

काठमाडौं : सन् २०२० नोभेम्बर। पहिलो साता। काठमाडौंको हावा अत्यधिक प्रदूषित भयो। कारण थियो, भारतमा धान र गहुँ काटेपछिको ठोसामा आगो लगाउँदाको धुवाँ काठमाडौं आइपुग्नु। भर्खरै सम्पन्न एक अध्ययनले सो कुरा प्रमाणित गरेको छ। यसबारे अमेरिकाको युटा स्टेट विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले संयुतm रूपमा अध्ययन गरेको हो। क्रसबोर्डर प्रदूषण कति भयानक छ भन्ने सन्देश उतm अध्ययनले दिएको विज्ञहरू बताउँछन्।

अत्यधिक मात्रामा औद्योगिक क्षेत्र तथा कृषिबाट प्रदूषण बढेको बताउँछन्, अध्ययनमा संलग्न त्रिवि जल तथा मौसन विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेल। ‘नोभेम्बरको घटनालाई केन्द्रित गरी अध्ययन गरिएको थियो। अरू बेला हुने प्रदूषण नेपालको आफ्नै समस्या हुथ्यो। तर, त्यतिबेला भारतबाट आएको धुवाँले काठमाडौंको अवस्था नाजुक बनेको थियो,’ पोखरेलले भने, ‘पञ्जाव र हरियाणामा धान र गहँु काटेपछिको ठोसामा आगो लगाउँदा काठमाडांैमा धुवाँ आइपुग्यो।’ पोखरेलका अनुसार धुवाँलाई भारतबाट काठमाडौं आइपुग्न २÷३ लागेको थियो। तर, सधैं यहाँसम्म आउँछ भन्ने हुँदैन। उचित वातावरण मिले मात्र त्यहाँको प्रदूषण काठमाडौं उपत्यकामा छिर्न सक्छ। 

दक्षिणपश्चिमबाट आएको उक्त प्रदूषण उपत्यकामा धेरै दिनसम्म बस्यो। तर, केकति कारणले प्रदूषण बढेको भन्नेबारे अध्ययन भने गरिएको थिएन। प्रदूषण निकै घातक भएकाले अध्ययन अघि बढाइएको पोखरेलको भनाइ छ। उनका अनुसार यस्ता समस्या सधैं काठमाडौंमा मात्र्रै नहुन सक्छ। तराईका जिल्लाहरू क्रसबोर्डर प्रदूषणको मारमा छन्। त्यसैले यस्ता विषयलाई समयमै वार्तामा ल्याउन अध्ययन गरिएको पोखरेलले बताए।

अध्ययनका क्रममा स्याटेलाइटबाट लिइएको डाटा प्रयोग गरिएको थियो। जहाँ पञ्जाव र हरियाणा क्षेत्रमा हजारौं ठाउँमा किसानले आगो बालेको देखिएको पोखरेलले बताए। आगो बाल्नुको विकल्प भारतले नखोजेको र दीर्घकालीन समाधानमा चासो नगएको उनको गुनासो छ। तर, वन तथा वातावरण मन्त्रालयका प्रवतmा मेघनाथ काफ्लेले क्रसबोर्र्डरको धेरै विषयमा भारतसँग छलफल हुँदै आएको बताए। ‘बाघ र गैंडा, नदी, प्रतिबन्धित वनस्पति, जडीबुटीको व्यापारका विषयमा विभिन्न चरणमा छलफल चलेको छ,’ काफ्लले भने, ‘तर भारतमा पराल बाल्दा हाम्रोमा प्रदूषण बढ्छ भन्ने विषयमा प्रत्यक्ष हिसाबमा कुनै बैठकमा कुरा उठेजस्तो लाग्दैन।’ वायु प्रदूषण अनेकौं रोग तथा मृत्युको कारण बनेको छ। सन् २०१७ मा प्रकाशित ‘नेचर‘ जर्नल मा अध्येताहरूले वायु प्रदूषणले ३.४५ मिलियनमध्ये १२ प्रतिशत मानिसको अकालमा मृत्यु हुँदै आएको देखाएको छ। वन तथा वातावरण मन्त्रालयले यसै वर्ष प्रकाशित गरेको ‘जलवायु संकटासन्नता तथा जोखिम विश्लेषण र अनुकूलनका उपाय पहिचान’ रिपोर्टमा नेपालमा पनि आगलागीका घटना बढेको देखाएको छ। 

जलवायु परिवर्तनले आगलागी बढेको र यसले प्रदूषण बढ्ने आँकलन गरेको छ। समयसमयमा क्रसबोर्डर प्रदूषण न्यूनीकरणका सवालमा कुरा नउठेको भने होइन। दक्षिण एसियन मुलुकमा भइरहेको क्रसबोर्डर प्रदूषणका विषयमा सम्मलेन नै भएको थियो। सम्मेलनमा बंगलादेश, भुटान, भारत, इरान, माल्दिभ्स, नेपाल, श्रीलंकाले सहभागी थिए। सन् १९९८ मा पहिलोपटक भएको सम्मेलनले ‘माले घोषणापत्र’ जारी गर्दै प्रदूषण न्यूनीकरणको काम गर्ने सहमति जनायो। ‘माले घोषणापत्र’ मा सबै मुलुकका प्रमुखहरूले हस्ताक्षरसमेत गरेका थिए। 

‘माले घोषणापत्र’ भए पनि फलोअप नभएकोमा गुनासो गर्छन्, वातावरणविद् भूषण तुलाधर। ‘सार्कका वातावरणमन्त्रीहरूले दिल्लीमा बैठक बसेर पनि यस विषयमा काम गर्ने सहमति जनाएका थिए,’ तुलाधरले भने, ‘सबै देशका प्रमुखहरूले प्रदूषण रोक्ने सहमति गरे पनि फलोअप भएको छैन।’ त्यस्तै, क्रसबोर्डर प्रदुषणको विषयमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले केही मात्रामा काम गरेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.