एमाले महोत्तरी अधिवेशन स्थगित
महोत्तरी : नेकपा एमालेको महोत्तरी अधिवेशन स्थगित भएको छ। आवश्यक गृहकार्य नभएको भन्दै आजबाट सुरु हुने भनिएको नेकपा एमालेको जिल्ला अधिवेशन स्थगित भएको हो।
नेकपाका महोत्तरी अध्यक्ष टेकवहादुर वलम्पाकीका अनुसार पूर्व निर्धारित कार्यक्रम अनुसार आजदेखि सुरु हुने भनिएको अधिवेशन केही समयका लागि स्थगित भएको हो। यसबीचमा अधिवेशनका लागि आवश्यक गृहकार्य गरेर पुनः अधिवेशनको लागि नयाँ मिति घोषणा गरिने अध्यक्ष वलम्पाकीले जानकारी दिए।
आन्तरिक कलहका कारण पटक–पटक स्थगित बन्दै गएपछि महोत्तरीमा फागुन ११ गतेका लागि जिल्ला अधिवेशनको मिति तय गरिएको थियो। यता अधिवेशन हुन नदिन पार्टीभित्रका कतिपय नेताहरू लागिपरेको एक पक्षको आरोप छ। अधिवेशनको मिति निर्धारण भइसक्दा पनि प्रतिनिधि चयन गर्न नै अड्को थापेर अधिवेशन लम्ब्याउन लागिपरेको नेताहरूको आरोप छ।