फागुन २१ देखि झापा गोल्डकप : बिजेतालाई १२ लाख ५५ हजार

फागुन २१ देखि झापा गोल्डकप : बिजेतालाई १२ लाख ५५ हजार

झापा : कोरोना भाइरसको संक्रमणपछि अवरुद्ध भएको झापा गोल्डकपले फेरि निरन्तरता पाउने भएको छ। फुटबलप्रति झापाली खेलप्रेमीको उत्साह फेरि प्रतियोगिताका रुपमा देखिन लागेको हो। फागुन २१ गतेदेखि झापा गोल्डकप सञ्चालन गर्ने गरी तयारी तीव्र पारिएको छ। 

‘लगभग तयारी सकिनै लाग्यो’, झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले भने, ‘रंगशाला पनि खेलाडीले चाहे अनुसारको बनाएका छौँ।’ प्रतियोगिताका लागि अहिले डोमालाल रंगशालाको स्तरोन्नति गर्ने काम भइरहेको छ। 

कोरोना भाइरसको संक्रमण तीव्र हुँदा खेल सौन्दर्यका रुपमा रहेका दर्शकको सहभागिता हुन नसक्ने भएपछि दुई वर्षदेखि झापा गोल्डकप प्रतियोगिता सञ्चालन हुन सकिरहेको थिएन। संक्रमण दर घट्दै गएपछि यो वर्ष पाँचौ संस्करणको झापा गोल्डकप सञ्चालनको तयारी गरिएको हो।

मोफसलको प्रतिष्ठित एवम् लोकप्रिय मानिएको झापा गोल्डकपमा सधैँ दर्शकको थामिनसक्नु भीड हुन्छ। खेलप्रेमी दर्शकको उत्साहजनक सहभागिताले प्रतियोगिता सञ्चालन गर्न आयोजकलाई थप हौसला मिल्दै आएको झापा गोल्डकपका पूर्व अध्यक्ष महेन्द्रकुमार गिरी बताउँछन्। 

अघिल्ला संस्करणमा झै यसवर्ष पनि कम्तीमा १० हजार दर्शक अट्न सक्ने गरी प्याराफिट बनाइएको छ। झापाको भौगोलिक अवस्था र फुटबलप्रतिको लगावलाई समेटेर गोल्डकपको छुट्टै गीत समेत तयार गरिएको छ। 

‘हाम्रो गौरव हाम्रो मान, झापा गोल्डकप हाम्रो शान’ भन्ने नारा तय गरेर सञ्चालन हुन लागेको प्रतियोगिताका लागि हात्तीको छावाले फुटबल हान्दै गरेको मस्कट सार्वजनिक गरिएको छ। हात्ती प्रभावित जिल्लाका रुपमा झापाको बद्लिँदो परिचयको पृष्ठभूमिमा झापा गोल्डकपको मस्कट तयार भएको अध्यक्ष बस्नेतले बताए। 

झापा गोल्डकपमा घरेलु टोली झापा–११ सहित नेपालका ८ र दुई विदेशी गरी १० टिमको सहभागिता रहनेछ। प्रतियोगिताको बिजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। 

एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा मुख्य प्रायोजकका रुपमा यसवर्ष चौधरी ग्रुपले हात हालेको झापा गोल्डकपका संरक्षक जलकुमार गुरुङ्ले बताए। ‘चौधरी गु्रपको उत्पादन नेपाल आइसले झापा गोल्डकपको प्रायोजन गर्ने गरी सम्झौता गरेको छ’, संरक्षक गुरुङले भने।  

झापामा साना ठूला गरी बर्सेनि एक दर्जन फुटबल प्रतियोगिता सञ्चालन हुन्छन्। तर, ती प्रतियोगितामा राज्यका निकायबाट हुने सहयोग नगन्य मात्रै छ। खेलप्रेमीको सामूहिक प्रयासबाट सञ्चालन हुँदै आएको झापा गोल्डकप पनि सरकारी सहयोग र दीगो स्रोत व्यवस्थापनको पखाईमा रहेको अध्यक्ष बस्नेत बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.