बर्दिवासमा बौद्ध शिक्षा लागू हुने

बर्दिवासमा बौद्ध शिक्षा लागू हुने

महोत्तरी : बर्दिवास नगरपालिकामा बौद्ध शिक्षा लागू हुने भएको छ। बुधबार राजधानी काठमाण्डौँमा बौद्ध शिक्षा संचालनका लागि लुम्बिनी विश्वविद्यालय र बर्दिवास नगरपालिकाबीच सम्झौता भएको हो। 

विश्वविद्यालयका उपकुलपति प्राडा हृदयरत्न वज्राचार्य र बर्दिवास नगरपालिकाका मेयर विदुरकुमार कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। सम्झौता अनुसार अब बर्दिवास नगरपालिकाले बौद्ध शिक्षा प्रदान गर्नको कलेज स्थापना गरिनेछ। त्यस्तै बौद्ध दर्शनको ज्ञान, तालिम, खोज एवम् अनुसन्धान गरिने भएको छ। 

सो सम्झौताको रोहवरमा विश्वविद्यालयकोतर्फबाट रजिष्ट्रार डा तिलकराम अचार्य र बर्दिवास नगरपालिकाकोतर्फबाट प्रकाशहरी पोखरेल र कमलीमाया वाईवा रहेका छन्।

सो कार्यक्रमकाबीच नेकपा माओवादी केन्द्रका नेता एवं महोत्तरी क्षेत्र नं. १ का साँसद गिरीराजमणि पोखरेलकोसमेत उपस्थित रहेको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.